Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

मृत्यु भएको भनि अन्त्यष्टी गर्ने ठिक्क पारिएका मानिस जिउँदै फर्किए

\"dang-map-400\"दाङ । दाङको तुलसीपुर–१ को राम्रीमा बुधबार साँझ लु२त २५५८ नं को ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको भनिएका चालक दुईदिनपछि अस्पतालमा आएका छन् । घाइते अवस्थामा उनी शुक्रबार बिहान राप्ती अञ्चल अस्पतालमा उपचारका लागि आएका हुन् । दुर्घटनामा परी ट्र्याक्टर चालक रोल्पा कोटगाउँ–१ का रामचन्द्र घर्ती र सहचालक सोही ठाउँ निवासी सुनिल पुनको मृत्यु भएको प्रहरीले भने पनि दुर्घटनामा चालकको मृत्यु नभएको बताएको छ । बुधबार राति १० बजे रोल्पाको लिवाङबाट तुल्सीपुरतर्फ आउँदै गरेको सो ट्र्याक्टर दुर्घटना भएपनि आफूहरु सल्यानको मोखलाबाट आएको घाइते चालक रामचन्द्र घर्तीले बताए । उनले ट्र्याक्टरमा सल्यानको श्रीनगरबाट एक जना अपरिचित व्यक्ति जबर्जस्ती चढेको र आफू सहचालक र ती व्यक्तिमात्र ट्र्याक्टरमा सवार रहेको बताए । “ट्र्याक्टरमा श्रीनगरबाट सवार एक जना सहचालक र म थियौँ, ट्र्याक्टर बिग्रेको थियो मोडमा स्ट्रक कटेन दुर्घटना भयो चालक घर्तीले भने ।” त्यसैगरी चालक घर्तीले आफू बिहीबार दिउँसो ३ बजे होसमा आएको र होसमा आएपछि ७ बजे सकिनसकी हिँड्दै नजिकैको घरमा पुगेको बताए । “म होसमा आएपछि नजिकैको एक घरमा पुगेँ एकदिन पछिमात्र होसमा आए ।” बिहीबार भने चालक घर्तीका आफन्त तथा घरपरिवारले आफ्नो छोरा रामचन्द्र घर्तीको दुर्घटनामा मृत्यु भएको भन्दै तुल्सीपुरको राप्ती अञ्चल अस्पतालमा शव परीक्षणपछि अर्कै व्यक्तिको शव बुझेर लगेको प्रहरीले जनाएको छ । “आफन्तले हाम्रो मान्छे हो भनेर शव बुझ्नुभयो, अनुहार मिल्ने भएकाले यस्तो भएको हो आफन्तलाई खबर गरेका छौँ, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष रोकाले भने । आफन्तले दाहसंस्कार गर्न भनेर तयार भए पनि घर्ती सम्पर्कमा आएपछि सो कार्य रोकिएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्ति कहाँका हुन् भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइते चालका घर्तीको राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies