Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

आठ कक्षामा फष्ट डिभिजन आएपछि शान्ता फुरुङ्ग

\"shanta काठमाडौं । नेकपा एमालेकी पूर्व सभासद शान्ता चौधरी कक्षा आठको परीक्षामा फष्ट डिभिजनमा उर्तीर्ण गरेपछि निकै फुरुङ्ग देखिएकी छन् । कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा प्रथम श्रेणीमा उर्तीर्ण गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत खुशी ब्यक्त गरेकी छन् । घर ब्यवहार र राजनीतिले गर्दा पर्याप्त पढ्न नपाए पनि प्रथम श्रेणीमा उर्तीर्ण हुनुलाई उननले जीवनकै सर्वोच्च उपलब्धी ठानेकी छन् । ‘धेरैलाई हासो लाग्दो हो तर मलाई जीवनकै सर्वाेच्च उपलब्धी लागेको छ– मैले कक्षा आठ पास गरें, उनले लेखेकी छन्, ‘आफूलाई फेल हुन्छु भन्ने कत्रो चिन्ता थियो तर पास भएँछु । पास मात्र होइन फस्ट डिभिजन आएछु ।’ आफूलाई फेल हुन्छु भन्ने चिन्ता रहेकामा फष्ट डिभिजनमा नै पास भएकोमा आफूसहित छोराछोरीसमेत खुशी भएको बताएकी छन् । पूर्व कम्लहरी शान्तलाई एमालेले सभासद बनाइदिएपछि उनी राजनीतिकका साथै पढाइलाई पनि अगाडि बढाउन चाहेकी हुन् । उनी साना बालबालिकासँग नै नियमित स्कुल जाने गरेकी छन् । कक्षामा सँगै पढ्ने छोराछोरी भन्दा सानाहरुलाई साथी भन्न पाउँदा गर्वको अनुभुति भएको र बालसखाहरुबाट धेरै कुरा सिक्न पाएको पनि उनले जनाएकी छन् । आफ्नो पढाइ अगाडि बढाउन मिडियाले समेत हौसाएको भन्दै मिडियालाई समेत धन्यवाद दिएकी छन् । सभासद भएपछि शान्ताले आफ्नो आत्मवृत्तान्त समेत लेखिसकेकी छन्, जुन निकै चर्चामा पनि थियो । राजनीति क्षेत्रमा लागेका महिलाहरू अाैपचारिक अध्ययन नहुँदा पछि परेकाे भन्दै पछिल्लाे समय महिलाहरू अाैपचारिक शिक्षातर्फ अाकर्षित भएका छन् । वर्तमान शिक्षालार्इ बुर्जुवा शिक्षा ठान्ने साैन्दर्यचिन्तक तथा नेकपा क्रान्तिकारी माअाेवादीका अध्यक्ष माेहन वैद्यकी पत्नी सुष्मा वैद्यले पनि एक कक्षादेखि पढ्दै गत वर्ष एसएसलसी परीक्षा दिएकी थिइन् । गत वर्ष अनुतीर्ण भएपछि याे पटक पनि उनले एसएलसी परीक्षा दिएकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies