Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

नेपाली क्रान्तिका अथक योद्धा खुबीराम रहेनन्

\"khubiramकाठमाडौं । नेपाली राजनीतिक क्रान्तिका अथक योद्धा खुबीराम आचार्यको ९३ वर्षको उमेरमा शुक्रबार विहान निधन भएको छ । कपिलवस्तुको भृकुटीनगर नगरपलिका ६ गेलबजार (साविकको बुड्ढी गाविस) स्थित आफ्नै निवासमा शुक्रबार विहान निधन भएको हो । विहीबार बेलुकाबाट एक्कासी ज्वरो आएपछि ज्वरो बढ्दै जाँदा शुक्रबार विहान अस्पताल लैजान लाग्दै गर्दा उनको आफ्नै निवासमा मृत्यु भएको परिवारजनले जनाएका छन् । वि.सं १९८० जेठ २२ गते चुडामणि आचार्य र हरिकादेवी आचार्यको कोखबाट जेष्ठ सुपुत्रका रुपमा जन्मिएका खुबीराम २००४ सालको जयतु संस्कृतम आन्दोलनका अगुवा समेत हुन् । जयतु संस्कृतम आन्दोलनका क्रममा देश निकाला गरिएपछि बंगलादेशमा निर्वासित जीवन विताएका थिए । वि.सं. २००६ सालमा कांग्रेस पार्टी सदस्य भई राजनीति थालेका उनी देश फर्किएर गोकर्णराज शास्त्रीसँगै ००७ सालको आन्दोलनमा पनि सहभागी भएका थिए । स्वदेश फर्किएपछि अर्घाखाँचीमा पार्टी जिम्मेवारी पाएका उनले नै बाहुनले पनि हलो जोत्न हुन्छ भन्ने सामाजिक अभियान चलाएका थिए । वि.सं. २०१५ सालमा कांग्रेसबाट नै उम्मेदवारको टिकट पाएर पनि उनीले सुवर्णशम्सेरलाई छाडिदिएका थिए । कांग्रेसबाट राजनीति थालेका खुबीरामले २०१६ साल पुस २१ ग्ते कांग्रेस छाडेर कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए । २०१६ को उपनिर्वाचनमा उम्मेवार बने पनि उनी पराजित भएका थिए । कम्युनिष्ट आन्दोलनमा लागेपछि उनी लुम्बिनी अञ्चलको प्रतिनिधि भई दरभंगा प्लेनममा समेत भाग लिएका थिए । लामो समय भूमिगत जीवन विताएका उनी मोहनविक्रम सिंहको लाइनमा अडिग थिए । २०२८ सालमा कन्द्रीय न्युक्लियसको केन्द्रीय सदस्य रहका उनी २०३१ सालमा बनारसमा भएको चौथो महाधिवेशन (चौम) प्रतिनिधि भएका थिए । ०३९ सालमा मसाल, ०४२ सालमा मशाल हुँदै २०४६ सालमा एकताकेन्द्र मसाल भएका थिए । खुशीराम पछिल्लो समयमा एकीकृत नेकपा माओवादी, नेकपा–माओवादी हुँदै क्रान्तिकारी नेकपा माओवादीका पनि केन्द्रीय सल्लाहकार थिए । खुबीरामका चार छोराहरु सबै माओवादी आन्दोलनमै छन् भने तीन छोरीमध्येकी माइली छोरी मोहन वैद्यकी पत्नी हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: