Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

नेपाली क्रान्तिका अथक योद्धा खुबीराम रहेनन्

\"khubiramकाठमाडौं । नेपाली राजनीतिक क्रान्तिका अथक योद्धा खुबीराम आचार्यको ९३ वर्षको उमेरमा शुक्रबार विहान निधन भएको छ । कपिलवस्तुको भृकुटीनगर नगरपलिका ६ गेलबजार (साविकको बुड्ढी गाविस) स्थित आफ्नै निवासमा शुक्रबार विहान निधन भएको हो । विहीबार बेलुकाबाट एक्कासी ज्वरो आएपछि ज्वरो बढ्दै जाँदा शुक्रबार विहान अस्पताल लैजान लाग्दै गर्दा उनको आफ्नै निवासमा मृत्यु भएको परिवारजनले जनाएका छन् । वि.सं १९८० जेठ २२ गते चुडामणि आचार्य र हरिकादेवी आचार्यको कोखबाट जेष्ठ सुपुत्रका रुपमा जन्मिएका खुबीराम २००४ सालको जयतु संस्कृतम आन्दोलनका अगुवा समेत हुन् । जयतु संस्कृतम आन्दोलनका क्रममा देश निकाला गरिएपछि बंगलादेशमा निर्वासित जीवन विताएका थिए । वि.सं. २००६ सालमा कांग्रेस पार्टी सदस्य भई राजनीति थालेका उनी देश फर्किएर गोकर्णराज शास्त्रीसँगै ००७ सालको आन्दोलनमा पनि सहभागी भएका थिए । स्वदेश फर्किएपछि अर्घाखाँचीमा पार्टी जिम्मेवारी पाएका उनले नै बाहुनले पनि हलो जोत्न हुन्छ भन्ने सामाजिक अभियान चलाएका थिए । वि.सं. २०१५ सालमा कांग्रेसबाट नै उम्मेदवारको टिकट पाएर पनि उनीले सुवर्णशम्सेरलाई छाडिदिएका थिए । कांग्रेसबाट राजनीति थालेका खुबीरामले २०१६ साल पुस २१ ग्ते कांग्रेस छाडेर कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए । २०१६ को उपनिर्वाचनमा उम्मेवार बने पनि उनी पराजित भएका थिए । कम्युनिष्ट आन्दोलनमा लागेपछि उनी लुम्बिनी अञ्चलको प्रतिनिधि भई दरभंगा प्लेनममा समेत भाग लिएका थिए । लामो समय भूमिगत जीवन विताएका उनी मोहनविक्रम सिंहको लाइनमा अडिग थिए । २०२८ सालमा कन्द्रीय न्युक्लियसको केन्द्रीय सदस्य रहका उनी २०३१ सालमा बनारसमा भएको चौथो महाधिवेशन (चौम) प्रतिनिधि भएका थिए । ०३९ सालमा मसाल, ०४२ सालमा मशाल हुँदै २०४६ सालमा एकताकेन्द्र मसाल भएका थिए । खुशीराम पछिल्लो समयमा एकीकृत नेकपा माओवादी, नेकपा–माओवादी हुँदै क्रान्तिकारी नेकपा माओवादीका पनि केन्द्रीय सल्लाहकार थिए । खुबीरामका चार छोराहरु सबै माओवादी आन्दोलनमै छन् भने तीन छोरीमध्येकी माइली छोरी मोहन वैद्यकी पत्नी हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending