Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

एमालेमा ओली आतंक !

\"kp\"काठमाडौं । एमालेमा पार्टी अध्यक्षमात्र हुँदा केही शान्त जस्ता देखिएका केपी ओली प्रधानमन्त्री भएपछि भने निक्कै चर्चा र विवादमा तानिएका छन् । बाह्य राजनीति र राजनीतिक दलका नेतालाई व्यंग्यवाण हान्ने सिपालु ओली पार्टीभित्र पनि पछिल्लो समय भने निक्कै आलोचनाका पात्र बन्दै गएका छन् । प्रधानमन्त्री भएदेखि नै उनी पार्टीमा कुनै पनि नेताको कुरा सुन्न खोजे जस्तो गर्ने तर, सबै निर्णय आफैं गर्नेभन्दै आलोचित हुँदै आएका छन् । राती ११/१२ बजेसम्म नेताहरुलाई छलफलको लागि राख्ने तर, अरुलाई बोल्न नदिई आफैं बोलाउने र कुनै निर्णय गरेर पठाउने शैली रहेको एमालेकै नेताहरु बताउँछन् । झन् पछिल्लो समय त ओलीले पार्टीका हरेक निर्णयमा आतंक नै मच्चाएको भन्दै तीव्र आलोचना भएको छ । यस्तो आलोचना गर्नेमा माधव नेपाल पक्ष भए पनि ओली समूहकै नेतासमेत उनको काम गराईसँग खुसी छैनन् । महिनौसम्म केन्द्रीय समिति नडाकी ओलीले आफैं केही नेता बसेर पार्टी निर्णय लिंदै आएकोमा आलोचना भएको थियो । तर, बल्ल बैठक डाके पनि बालुवाटारमै बोलाइएको भन्दै ओलीको आलोचना भयो । झन् आलोचनाकाबीच डाकिएको बैठकमा पार्टीको झण्डा, ब्यानर केही नभएपछि नेताहरु झनै आक्रोसित हुन पुगे । पछिल्लो समय त झन् माधव नेपालले नै राजनीतिक नियुक्ति, राजदुतलाई विभिन्न मुलुकमा पठाउने, विदेश भ्रमणका लागि टोली छान्दा मनलागी गरेको जस्ता विषय उठाउँदै ओलीको तीव्र आलोचना गरेका हुन् । बिहीबारको बैठकमा नेपाल यस्ता विषयमा ओलीले मनलाग्दी गरेको भन्दै तीव्र आलोचामा उत्रिएका थिए । चीन भ्रमणमा पठाउँदा ओलीलाई महाधिवेशनमा सहयोग गरेकालाई पठाइएको भन्दै नेपालले ब्यंग्य गरेका थिए । साथै, नेपाल प्रदेश समिति निर्माणका विषयमा पनि ओलीले स्थायी समितिमा कुनै छलफल नगरी विषय केन्द्रीय समितिको प्रतिवेदनमा ल्याएकोमा पनि नेपालले तीव्र विरोध जनाएका छन् । ओलीले भारत भ्रमणपछि सम्बन्ध सुध्रिएको भन्दै हरेक ठाउँमा भाषण गर्दै हिडेका छन् । तर, नाकाबन्दी खुकुलो हुनुबाहेक अरु उपलब्धी नभएको भन्दै आफ्नै पार्टीमा आलोचना खेप्नुपरेको छ । ओलीले हल्ला गरे जस्तो गरी भारतसँग सम्बन्ध सुधार नभएको नेपालले नै बैठकमा भनाई राखेका थिए । साथै, ओलीलाई नै साथ दिंदै आएका वामदेव गौतम पनि पछिल्लो समय उनीसँग असन्तुष्ट रहँदै आएका छन् । आफूले महाधिवशेनमा सहयोग गरे पनि ओलीले अहिले बेवास्ता गरेको भन्दै उनी तीव्र असन्तुष्ट बन्दै आएका हुन् । ‘कुरा सुन्न बैठक, छलफल राखेको जस्तो गर्ने तर, हरेक निर्णय आफूखुशी गर्ने अध्यक्षको क्रियाकलापलाई धेरैले रुचाउनुभएको छैन’ एमालेका एक केन्द्रीय सदस्यको टिप्पणी छ, ‘सरकारमा पनि मन्त्रीहरुको यस्तै गुनासो छ, पार्टीमा त हामी आजित भइसक्यौं ।’ ओलीको हर्कतबाट एमालेका मात्र नभई, एमाओवादीकै मन्त्रीहरुलेसमेत काम गर्न अप्ठ्यारो भएको बताउँने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending