Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

एमालेमा ओली आतंक !

\"kp\"काठमाडौं । एमालेमा पार्टी अध्यक्षमात्र हुँदा केही शान्त जस्ता देखिएका केपी ओली प्रधानमन्त्री भएपछि भने निक्कै चर्चा र विवादमा तानिएका छन् । बाह्य राजनीति र राजनीतिक दलका नेतालाई व्यंग्यवाण हान्ने सिपालु ओली पार्टीभित्र पनि पछिल्लो समय भने निक्कै आलोचनाका पात्र बन्दै गएका छन् । प्रधानमन्त्री भएदेखि नै उनी पार्टीमा कुनै पनि नेताको कुरा सुन्न खोजे जस्तो गर्ने तर, सबै निर्णय आफैं गर्नेभन्दै आलोचित हुँदै आएका छन् । राती ११/१२ बजेसम्म नेताहरुलाई छलफलको लागि राख्ने तर, अरुलाई बोल्न नदिई आफैं बोलाउने र कुनै निर्णय गरेर पठाउने शैली रहेको एमालेकै नेताहरु बताउँछन् । झन् पछिल्लो समय त ओलीले पार्टीका हरेक निर्णयमा आतंक नै मच्चाएको भन्दै तीव्र आलोचना भएको छ । यस्तो आलोचना गर्नेमा माधव नेपाल पक्ष भए पनि ओली समूहकै नेतासमेत उनको काम गराईसँग खुसी छैनन् । महिनौसम्म केन्द्रीय समिति नडाकी ओलीले आफैं केही नेता बसेर पार्टी निर्णय लिंदै आएकोमा आलोचना भएको थियो । तर, बल्ल बैठक डाके पनि बालुवाटारमै बोलाइएको भन्दै ओलीको आलोचना भयो । झन् आलोचनाकाबीच डाकिएको बैठकमा पार्टीको झण्डा, ब्यानर केही नभएपछि नेताहरु झनै आक्रोसित हुन पुगे । पछिल्लो समय त झन् माधव नेपालले नै राजनीतिक नियुक्ति, राजदुतलाई विभिन्न मुलुकमा पठाउने, विदेश भ्रमणका लागि टोली छान्दा मनलागी गरेको जस्ता विषय उठाउँदै ओलीको तीव्र आलोचना गरेका हुन् । बिहीबारको बैठकमा नेपाल यस्ता विषयमा ओलीले मनलाग्दी गरेको भन्दै तीव्र आलोचामा उत्रिएका थिए । चीन भ्रमणमा पठाउँदा ओलीलाई महाधिवेशनमा सहयोग गरेकालाई पठाइएको भन्दै नेपालले ब्यंग्य गरेका थिए । साथै, नेपाल प्रदेश समिति निर्माणका विषयमा पनि ओलीले स्थायी समितिमा कुनै छलफल नगरी विषय केन्द्रीय समितिको प्रतिवेदनमा ल्याएकोमा पनि नेपालले तीव्र विरोध जनाएका छन् । ओलीले भारत भ्रमणपछि सम्बन्ध सुध्रिएको भन्दै हरेक ठाउँमा भाषण गर्दै हिडेका छन् । तर, नाकाबन्दी खुकुलो हुनुबाहेक अरु उपलब्धी नभएको भन्दै आफ्नै पार्टीमा आलोचना खेप्नुपरेको छ । ओलीले हल्ला गरे जस्तो गरी भारतसँग सम्बन्ध सुधार नभएको नेपालले नै बैठकमा भनाई राखेका थिए । साथै, ओलीलाई नै साथ दिंदै आएका वामदेव गौतम पनि पछिल्लो समय उनीसँग असन्तुष्ट रहँदै आएका छन् । आफूले महाधिवशेनमा सहयोग गरे पनि ओलीले अहिले बेवास्ता गरेको भन्दै उनी तीव्र असन्तुष्ट बन्दै आएका हुन् । ‘कुरा सुन्न बैठक, छलफल राखेको जस्तो गर्ने तर, हरेक निर्णय आफूखुशी गर्ने अध्यक्षको क्रियाकलापलाई धेरैले रुचाउनुभएको छैन’ एमालेका एक केन्द्रीय सदस्यको टिप्पणी छ, ‘सरकारमा पनि मन्त्रीहरुको यस्तै गुनासो छ, पार्टीमा त हामी आजित भइसक्यौं ।’ ओलीको हर्कतबाट एमालेका मात्र नभई, एमाओवादीकै मन्त्रीहरुलेसमेत काम गर्न अप्ठ्यारो भएको बताउँने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: