Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

बाबुरामको चन्दा अभियान बैधानिकता कि बहादुरी ?

\"naya-shakti\"काठमाडौं । एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दुई महिनाअघि पार्टी चलाउनका लागि चन्दा उठाउने घोषित निर्णय नै गराएका थिए । चन्दा उठाउने कार्यविधि अनुसार नै नयाँ शक्ति नेपालले वैशाख १५ गतेसम्म चन्दा उठाउने घोषणा गरेको छ । सोही कार्यविधि अनुसार नयाँ शक्तिका संयोजक भट्टराईले आर्थिक संकलनका लागि सार्वजनिक अपिल जारी गरेका छन् । आफूहरु अन्य राजनीतिक दल जस्तो नभएको दाबी गरेपनि नयाँ शक्तिले पनि पार्टी सञ्चालनका लागि चन्दा नै मुख्य स्रोत भएको भन्दै चन्दा सहयोग गर्न सार्वजनिक अपिल गरेको छ । पार्टी सञ्चालनका लागि घोषित मिति नै तोकेर चन्दा अभियान चलाउने कार्यविधि नै बनाएको छ । स्रोत परिचालन तथा कोष ब्यवस्थापन सदस्यता तथा नविकरण, उम्मेदवारी शुल्क, चन्दा संकलन, सेवा शुल्क, प्रकाशनहरुको बिक्री, जिन्सी सामान बिक्री तथा स्वेच्छिक योगदान नयाँ शक्ति नेपालले पार्टी सञ्चालन स्रोत बताएको छ । नयाँ शक्तिको जस्तै अन्य राजनीतिक दलरुको आर्थिक स्रोत पनि यिनै हुन् । सदस्यता नविकरण, उम्मेदवारी शुल्क लगायत पार्टीको आर्थिक स्रोत भन्ने गरे पनि सबै दलहरुले विभिन्न बाहनामा ब्यापारीहरुबाटै चन्दा असुल्ने गरेका छन् । अन्य दलहरुले जस्तै भट्टराईले पनि पार्टी सच्चालन गर्ने आर्थिक स्रोत ब्यापारीहरुलाई नै बनाएका छन् । विधि बनाएर चन्दा उठाएपछि बैध हुने भट्टराईको तर्क छ । पार्टी सञ्चालन गर्न आर्थिक स्रोत नभइ नहुने भन्दै खुल्ला रुपमा नै चन्दा उठाउने घोषणा गरेका बाबुरामले चन्दा सहयोग गर्न ब्यापारीहरु लगायतका दाताहरुलाई आकर्षित गरिरहेका छन् । उनले आफ्नो आर्थिक कार्यविधिमा भूमि वा भूमिसहितको भवन योगदान गरेमा त्यस्तो भूमिमा बन्ने वा बनेको भवनको नामाकरण दाता सदस्यको वा निजले इच्छाएको ब्यक्तिको नाममा गरिने उल्लेख गरेका छन् । चन्दाः ब्यक्तिगत ५० हजार, संस्थागत २० लाख अरु पार्टी भन्दा आफू पृथक रहेको देखाउन चाहेका भट्टराई पार्टी चलाउन घोषित रुपमा नै चन्दा उठाउने तयारी गरेका छन् । हिसाब पारदर्शी देखाएमा जसरी जुटाएको पैसा पनि बैध हुने उनको भनाइ छ । पैसा जुटाउने भनी तयार गरेको कार्यविधिअनुसार वर्षको दुई पटक बैशाख र कार्तिकमा चन्दा उठाउने उल्लेख छ । चन्दा उठाउँदा ब्यक्तिगत रुपमा ५० हजारसम्म र संस्थागत रुपमा २० लाख सम्म उठाउने पाउने जनाइएको छ । कस्तासँग चन्दा नलिने ? चन्दा अभियानका लागि भट्टराईले सार्वजनिक अपिल जारी गरे पनि कालोसूचिमा परेका कम्पनी, तथा विदेशी नागरिक र फौजदारी अभियोग लागेका ब्यक्तिसँग चन्दा नलिने कार्यविधि बनाइएको छ । नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनाल संयोजक रहेको आर्थिक परिचालन समितिको कार्यविधिअनुसार विदेशी नागरिक, बहालवाला कर्मचारी तथा नेपाल सरकारको अनुदानमा आश्रित ५१ प्रतिशतभन्दा बढी स्वामित्व भएको संस्थाका कर्मचारीसँग सहयोग नलिने उल्लेख छ । यस्तै, बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी वा सार्वजनिक ठेक्कामा गलत काम गरी कालोसूचिमा परेको ब्यक्ति तथा फौजदारी अभियोगमा जेल परेको ब्यक्ति र भ्रष्टाचारी भनी फैसला गरेको ब्यक्तिबाट पनि चन्दा नलिने नीति बनाइएको छ । यस्तै, विदेशमा दर्ता भएका, नेपालमा दर्ता भएपनि विदेशी सरकारको ५१ प्रतिशतभन्दा बढी स्वामित्व भएका तथा बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी कालो सूचीमा परेका र धार्मिक तथा साम्प्रदायिक उद्देश्य भएका संस्थाबाट चन्दा नलिने नीति बनाइएको छ । नयाँ शक्तिले चन्दा दिने ब्यक्ति, संस्था, फर्म, कम्पनीको नाम, ठेगाना र दिएको रकमको अभिलेख राख्ने तथा यस्तो विवरण प्रत्येक ६ महिनामा नयाँ शक्तिको वेबसाइटमा सार्वजनिक गर्ने जनाएको छ । चन्दा संकलनको मापदण्ड वर्षको शुरुमा १५ दिन र कात्तिकमा १५ दिन चन्दा अभियान चलाउने जनाएको नयाँ शक्तिले चेकबाटै चन्दा कारोबार गर्ने जनाएको छ । तर १० हजारभन्दा माथिको चन्दामात्रै चेकबाट कारोबार गरिने नयाँशक्तिले कार्यविधि तय गरेको छ । ‘असल राजनीतिका लागि लगानी गरौं’ भन्ने समूहमा आवद्ध हुन प्रेरित गर्ने कार्यविधि बनाउँदै नयाँ शक्तिले उद्योगी ब्यवसायीहरुलाई दबाब सिर्जना गर्दैछ । केन्द्रीय सचिवालयको फागुन ११ गतेको बैठकबाट स्वीकृत गरिएको उक्त कार्यविधि एक महिनाअघि सार्वजनिक गरिएको थियो । आफूलाई नयाँ र पारदर्शी देखाउन भन्दै भट्टराईले चन्दा उठाउन जाँदा कम्तिमा पाँच जनाको समूहमा जाने उल्लेख छ । अन्य कुनै दलबाट चन्दा उठाएको उजुरी परेमा प्रहरीले निगरानी गर्ने र धरपकड गर्ने प्रयत्न पनि बेला बेलामा गरेको छ । तर भट्टराईको यो बहादुरीलाई प्रहरीले कारबाही गर्छ कि सलाम गर्छ केही दिनमै थाहा हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: