Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

छोरो टोकुवाको आरोपसँगै गममायालाई घरबाट निकालियो

\"images\"गोरखा । ‘छोरो टोकिस्, घरबाट निस्किहाल । जहाँ मनलाग्छ जा । हाम्रो वरिपरि देखा नपर । मरे मर बाँचे बाँच, घर फर्केर नआएस् ।’ बारपाक–७ की गममाया गुरुङलाई सासू ससुराले छोरो टोकेको भन्दै यसरी अपमान गरे र घरबाट निकाले । भूकम्पमा परी श्रीमान् बितेको पीडा एकातिर थियो, अर्कातिर गर्भवती उनी भूकम्पमा परी आफैँ घाइते थिइन् । उनका श्रीमान् २६ वर्षीय बुरबहादुर गुरुङ वडा नं ४ मा घर बनाउन मेला गएका थिए । घरको धुरी मार्ने काम भइरहेको थियो । एक्कासि भूकम्पले हल्लायो । घर भत्कियो । सुरक्षित ठाउँमा जान नसक्दा बुरबहादुरसँगै अरु कामदारले पनि ज्यान गुमाए । श्रीमान्को मृत्युको खबरले मुर्छित २३ वर्षीया गममायालाई परिवार, छरछिमेकको सान्त्वना र सहयोगको खाँचो भए पनि कसैले सहयोग गरेनन् । बरु लोग्ने टोक्वा’ को आरोपसँगै घर निकालाको सजाय पाइन्, उनले । जेठ ११ मा उनलाई अर्को बित्यास् आइलाग्यो । बिहानैदेखि बेथाले च्याप्यो । अस्पतालसम्म पु¥याउने कोही भेटिएनन् । पीडाका बीच उनले छोरो जन्माइन् । परिवारको सहयोग नपाए पनि माइती पक्षको सहयोगले छोरो हुर्काएकी छिन् । छोराको नाम भीमबहादुर हो । सासू काली र ससुरा सन्तबहादुरले घर निकाला गरेपछि उनी बारपाक–४ स्थित माइतीको टहरोमा शरण लिँदै आएकी छिन् । विपद्को भरपर्दो सहयात्री उनले माइती खलक भेटिन् । माइतमा सबैले माया गरेर पाले पनि उनलाई घर र श्रीमान्को यादले सताउँछ । भूकम्पमा परी मृत्यु भएकाहरुको परिवारलाई सरकारले राहत वितरण सुरु ग¥यो । रु ४० हजार किरिया खर्चसहित रु एक लाख ४० हजार राहत आयो । सासू ससुराले राहत बुझे । ‘सरकारले दिएको राहत पनि सासू ससुराले खोसे,’ उनले भनिन् – ‘त्यो पैसा हात परेको भए छोराको भविष्य बन्थ्यो ।’ छोरो हुर्काएर पढाउन पैसा चाहिने उनको भनाइ छ । बारपाक केन्द्रविन्दू भई भूकम्प गएको पनि एक वर्ष भयो । वर्ष बिते पनि गममायाको पीडा जस्ताको त्यस्तै छ । न त बस्ने घर छ, न त आफ्नो नाउँमा जग्गा, जमिन । आँखामा आँसु लिएर सरकारको बाटो हेर्नबाहेक अरु केही गर्न सक्दिनन् उनी । ‘थाहै नपाई मुर्छा हुँदोरहेछु,’ उनले भनिन् – ‘तनावका बीच बाँचिरहेको छु, केवल छोराका लागि । उसको सुन्दर भविष्यका लागि ।’ उनले काम गरेर खान त सक्छिन् तर छोरा सानो हुँदा कसैले काममा बोलाउँदैनन् । ‘सासू ससुराले आमा, छोरा अलच्छिना’ भन्छन्’, उनले पीडा पोखिन् – ‘उहाँहरुसँग मुखमुखै लाग्न मनले दिँदैन । ’घर निकाला गरेपछि फर्केर एकपटक पनि घर नगएको भन्दै उनले छिमेकीसँग सोधेर सासू ससुराको हालखबर बुझ्दै आएको बताइन् । एकपछि अर्को पीडाले मानसिक आघात परे पनि एक वर्षको अवधिमा मनोपरामर्श दिने कोही भेटिएन । उद्धार, राहत र पुनःनिर्माणको चरणसम्म पुग्दा उनले केही सहयोग पाइनन् । ‘श्रीमान् गुम्यो मेरा सबै थोक गुमे,’ उनले भनिन् – ‘उसको नासो हुर्काएर ठूलो बनाउँछु ।’ गाउँ पुनःनिर्माणका बेला नयाँ घर बनाउन अनुदान रकम आउने पक्कापक्की भए पनि उनको नाउँमा लालपुर्जा छैन । ‘हामी त सुकुम्बासी हुने भयौँ,’ उनले भनिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies