Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

छोरो टोकुवाको आरोपसँगै गममायालाई घरबाट निकालियो

\"images\"गोरखा । ‘छोरो टोकिस्, घरबाट निस्किहाल । जहाँ मनलाग्छ जा । हाम्रो वरिपरि देखा नपर । मरे मर बाँचे बाँच, घर फर्केर नआएस् ।’ बारपाक–७ की गममाया गुरुङलाई सासू ससुराले छोरो टोकेको भन्दै यसरी अपमान गरे र घरबाट निकाले । भूकम्पमा परी श्रीमान् बितेको पीडा एकातिर थियो, अर्कातिर गर्भवती उनी भूकम्पमा परी आफैँ घाइते थिइन् । उनका श्रीमान् २६ वर्षीय बुरबहादुर गुरुङ वडा नं ४ मा घर बनाउन मेला गएका थिए । घरको धुरी मार्ने काम भइरहेको थियो । एक्कासि भूकम्पले हल्लायो । घर भत्कियो । सुरक्षित ठाउँमा जान नसक्दा बुरबहादुरसँगै अरु कामदारले पनि ज्यान गुमाए । श्रीमान्को मृत्युको खबरले मुर्छित २३ वर्षीया गममायालाई परिवार, छरछिमेकको सान्त्वना र सहयोगको खाँचो भए पनि कसैले सहयोग गरेनन् । बरु लोग्ने टोक्वा’ को आरोपसँगै घर निकालाको सजाय पाइन्, उनले । जेठ ११ मा उनलाई अर्को बित्यास् आइलाग्यो । बिहानैदेखि बेथाले च्याप्यो । अस्पतालसम्म पु¥याउने कोही भेटिएनन् । पीडाका बीच उनले छोरो जन्माइन् । परिवारको सहयोग नपाए पनि माइती पक्षको सहयोगले छोरो हुर्काएकी छिन् । छोराको नाम भीमबहादुर हो । सासू काली र ससुरा सन्तबहादुरले घर निकाला गरेपछि उनी बारपाक–४ स्थित माइतीको टहरोमा शरण लिँदै आएकी छिन् । विपद्को भरपर्दो सहयात्री उनले माइती खलक भेटिन् । माइतमा सबैले माया गरेर पाले पनि उनलाई घर र श्रीमान्को यादले सताउँछ । भूकम्पमा परी मृत्यु भएकाहरुको परिवारलाई सरकारले राहत वितरण सुरु ग¥यो । रु ४० हजार किरिया खर्चसहित रु एक लाख ४० हजार राहत आयो । सासू ससुराले राहत बुझे । ‘सरकारले दिएको राहत पनि सासू ससुराले खोसे,’ उनले भनिन् – ‘त्यो पैसा हात परेको भए छोराको भविष्य बन्थ्यो ।’ छोरो हुर्काएर पढाउन पैसा चाहिने उनको भनाइ छ । बारपाक केन्द्रविन्दू भई भूकम्प गएको पनि एक वर्ष भयो । वर्ष बिते पनि गममायाको पीडा जस्ताको त्यस्तै छ । न त बस्ने घर छ, न त आफ्नो नाउँमा जग्गा, जमिन । आँखामा आँसु लिएर सरकारको बाटो हेर्नबाहेक अरु केही गर्न सक्दिनन् उनी । ‘थाहै नपाई मुर्छा हुँदोरहेछु,’ उनले भनिन् – ‘तनावका बीच बाँचिरहेको छु, केवल छोराका लागि । उसको सुन्दर भविष्यका लागि ।’ उनले काम गरेर खान त सक्छिन् तर छोरा सानो हुँदा कसैले काममा बोलाउँदैनन् । ‘सासू ससुराले आमा, छोरा अलच्छिना’ भन्छन्’, उनले पीडा पोखिन् – ‘उहाँहरुसँग मुखमुखै लाग्न मनले दिँदैन । ’घर निकाला गरेपछि फर्केर एकपटक पनि घर नगएको भन्दै उनले छिमेकीसँग सोधेर सासू ससुराको हालखबर बुझ्दै आएको बताइन् । एकपछि अर्को पीडाले मानसिक आघात परे पनि एक वर्षको अवधिमा मनोपरामर्श दिने कोही भेटिएन । उद्धार, राहत र पुनःनिर्माणको चरणसम्म पुग्दा उनले केही सहयोग पाइनन् । ‘श्रीमान् गुम्यो मेरा सबै थोक गुमे,’ उनले भनिन् – ‘उसको नासो हुर्काएर ठूलो बनाउँछु ।’ गाउँ पुनःनिर्माणका बेला नयाँ घर बनाउन अनुदान रकम आउने पक्कापक्की भए पनि उनको नाउँमा लालपुर्जा छैन । ‘हामी त सुकुम्बासी हुने भयौँ,’ उनले भनिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: