Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

वैद्य–बादल घमासान, भोलिदेखि गुटगत भेला हुने सम्भावना

\"kiran=badal\" काठमाडौं । एकीकृत नेकपा माओवादीसँग एकता गर्ने विषयमा छलफल गर्न भन्दै बसेको नेकपा क्रान्तिकारी माओवादीमा पदाधिकारीबीच नै घमासान भएपछि बैठक एक महिनाका लागि स्थगित भएको छ । पछिल्लो पटक केन्द्रीय समिति बैठकमा एकताकाबारेमा अध्यक्ष मोहन वैद्यले पेश गरेको ११ बुँदे अवधारणालाई थप गरी १४ बुँदे प्रस्ताव अघि सार्दै हस्ताक्षर अभियान चलाएपछि बैद्य–बादल सहमतिको सम्भावना टाढिएको माओवादी एक केन्द्रीय सदस्यले बताए । चैत १२ गतेदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष वैद्य र नेता रामबहादुर थापा ‘बादल’को दुई फरक फरक राजनीतिक प्रस्तावमाथि फरक फरम धारणा राखेपछि थप गृहकार्य आवश्यक भएको भन्दै चैत २१ गते दुई दिनका लागि बैठक स्थगित गरिएको थियो । ६ दिनमा नेताहरुले के गरे ? दुई दिनका लागि स्थगित गरी चार पदाधिकारीले पहल थालेका थिए । तर गृहकार्य नपुगेको भन्दै चैत २८ गतेसम्म बैठक स्थगित गरिएको थियो । त्यसबीचमा बैद्य र बादलबीच तथा चार पदाधिकारीबीच पटक पटक छलफल भयो । वैद्यले केन्द्रीय समितिमा पेश गरेको ११ बुँदे प्रस्तावमा सोनाम र लेखनाथ न्यौपानेको पनि केही सुझाव समेटेर बादलले १४ बुँदे प्रस्ताव वैद्यलाई बुझाए । अन्तिम बुँदाका साथमा बादलले अतिरिक्त पाँच बुँदाहरु पनि समेटेका छन् । बादलले पेश गरेको १४ बुँदामा वैद्यले समझदारी गरे पनि अतिरिक्त बुँदालाई अस्वीकार गरे । अतिरिक्त बुँदामा विनाशर्त एकता प्रक्रियामा जानुपर्ने उल्लेख भएको भन्दै वैद्य चिढिए । विधिसंगत र सैद्धान्तिक सहमतिमा अघि बढ्ने भन्दै बादलले झुक्याएर हस्ताक्षर गराउँदै हिँडेको वैद्य निकट नेताले बताए । वार्ताका लागि ५ सदस्यीय वार्ता टोली बनाउने भन्ने वैद्यको प्रस्ताव पनि बादलले अस्वीकार गरे । एक महिनालाई बैठक स्थगित, गुटबन्दी गर्न छुट आगामी वैशाख १० गतेसम्ममा पार्टी एकता गर्ने गरी बादलले लबिङ गरी गैरराजनीतिक ढंगले हस्ताक्षर अभियान चलाएको भन्दै वैद्य चिढिए । सहज रुपमा केन्द्रीय समिति बैठक टुंग्याउने वैद्यको चाहना पूरा नभएपछि आ–आफ्नो बाटो लाग्ने सम्भावना देखियो । त्यसपछि एक महिना बैठक स्थगित गर्न चारै पदाधिकारी सहमत भए । एक महिनाका लागि भनिएपनि कति गते बैठक बस्ने पनि निश्चित गरिएको छैन । अबको एक महिना नेताहरुले पुनः गुटबन्दी शुरु गर्ने भएका छन् । एकीकृत माओवादीसँग विभाजित हुनुअघि जस्तै गरी गुटगत भेला गर्ने सम्भावना देखिएको एक नेताले बताए । बैद्य–बादल दुवैले अब आफ्ना तल्लो तहका कार्यकर्तासँग पनि छलफल चलाउने तयारी गरेका छन् । यहिबीचमा बादल समूह एमाओवादीसँग एकतामा जानसक्ने वैद्य पक्षधर नेताहरुको बुझाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: