Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

प्रतिभा पहिचान कार्यक्रम

इलाम, ‘दक्ष शिक्षक, स्तरीय शिक्षा समृद्धिका लागि साक्षरता र प्रविधियुक्त शिक्षा’ भन्ने नाराका साथ जिल्ला शिक्षा कार्यालय इलामको आयोजनामा शुक्रबार यहाँ भएको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।

चौध वटा स्रोतकेन्द्रका करिब पाँच दर्जन विद्यालयका विद्यार्थीलाई प्रतिस्पर्धा गराई त्यसबाट २० जना प्रतिभा पहिचान गरिएको छ । चित्रकला विधातर्फ सदरमुकामस्थित ज्योतिसदन बोर्डिङ स्कुलका योगेश चाम्लिङ, सरस्वती उमावि लक्ष्मीपुरका अविरल खालिङ र भानुभक्त उमावि मङ्गलबारेका राजेश मगर क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

यसैगरी गणित विधातर्फ जीतपुर उमावि जीतपुरकी नमुना दाहाल, चुलाचुली बोर्डिङ स्कुलकी जानुका राई र प्रज्ञासदन बोर्डिङ स्कुलका पुजन पौडेल क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

विज्ञान विधातर्फ सञ्जीत बुढाथोकी, मनिका भट्टराई र विशाल साउदेन क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने गायन विधातर्फ सरस्वती मावि सोयाङका मिलन तामाङ, कृष्णाश्रम उमावि कन्यामकी रेश्मा राई र वीणपाणि मावि पुवामझुवाका धनजीत राई क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

नृत्यतर्फ सदरमुकामस्थित आदर्श उमाविकी एलिसिया रसाइली, बहुवन मावि इरौँटारका विनिता राई र करफोक उमाविका करण राई क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

अभिनय विधातर्फ शान्तिपुर उमाविका सुवास लकान्द्री, अमर उमावि बरबोटेका सरोज निरौला र बालज्योति मावि चुलाचुलीका ईश्वरमान लिम्बू क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने वाधनतर्फ कृष्ण मावि लक्ष्मीपुरका मनिष राई प्रथम र जीतपुर उमाविकी दीपा लिम्बू द्वितीय भएकी छन् ।

जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले प्रथम, द्वितीय र तृतीय हुने प्रतिभालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै प्रतिभा पहिचान कार्यक्रमबाट लुकेर बसेका प्रतिभाको खोजी गरी उनीहरुलाई अवसरको वातावरण सिर्जना हुने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending