Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

म्यानपावर ब्यवसायभित्र सुधार चाहँदैनन् ब्यवसायीहरु

\"baideshik-rojgar\"काठमाडौं । बैदेशिक रोजगार ऐन संशोधन गरी म्यानपावर ब्यवसायमा बढ्दो विकृति हटाउन म्यानपावर ब्यावसायीहरुले नै चाहेका छैनन् । वैदेशिक रोजगार ऐन २०६४ र नियमावली संशोधनको मस्यौदा प्रतिवेदन तयार गर्न भन्दै गठित कार्यदलले छलफल आरम्भ गरे पनि कार्यदलमै बसेका ब्यावसायीहरुले असहयोग गर्न थालेका छन् । ऐन संशोधनका लागि सुझाव पेश गर्न भन्दै चैत्र ५ गते सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा गठिन ७ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक केदारबहादुर बोगटी, वैदेशिक रोजगार प्रवद्र्धन वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले, श्रम तथा रोजगार मन्त्रालयका कानून उपसचिव अर्जुन खनाल सदस्य छन् । यस्तै, विज्ञको तर्फबाट भन्दै विभागको काठमाडौं कार्यालय ताहाचलका तत्कालीन प्रमुख मधुविलाश पण्डितलाई पनि कार्यदल सदस्यमा राखिएको छ भने ब्यावसायीको तर्फबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल, महासचिव रोहन गुरुङ, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका संयोजक सिद्धिचन्द्र बराल पनि कार्यदल सदस्य छन् । म्यानपावर ब्यावसायीहरुको मागलाई समेत सम्बोधन गर्ने गरी कार्यदलले विहीबारदेखि ऐन संशोधनबारे कार्यदलमा छलफल प्रारम्भ गरे पनि ब्यावसायीका तर्फबाट प्रतिनिधित्व गरेका संघ अध्यक्ष ढकाल र महासचिव गुरुङ नै ऐन संशोधन प्रक्रियालाई नै असहयोग गर्न थालेका छन् । उनीहरुले कार्यदल बैठकबारे आफूहरुलाई थाहा नभएको भन्दै हिड्न थालेका छन् । ब्यावसायीहरुकै सुझाव अनुसार कार्यदलले प्रारम्भिक चरणमा म्यानपावर कम्पनीहरुको बर्गिकरण गर्ने विषयमा छलफल शुरु थालेको छ । तर संघकातर्फबाट कार्यदल सदस्यहरुले आफूलाई बैठकबारे थाहा नभएको र ब्यावसायीको बर्गिकरण अनुचित हुने भन्दै किचलो झिक्न थालेका छन् । ४५ दिनभित्र सरकारलाई ऐन संशोधन प्रतिवेदन सरकारलाई बुझाउने समय पाए पनि संघका पदाधिकारीको किचलोले थप समस्या देखिने भएको छ । कार्यदलमा म्यानपावर कम्पनीलाई तीन समूहमा बर्गिकरण गर्नेबारे छलफल थालिएको छ । बर्गिकरण गएिपछि सोही अनुसार धरौटी थप गर्नेबारे पनि छलफल आरम्भ भएको छ । मस्यौदामा रहेको वर्गिकरण अनुसार ‘क’ वर्गमा पर्ने म्यानपावरले १ करोड ५० लाख रुपैयाँ जम्मा गर्नुपर्ने, १० वर्ष देखि सञ्चालनमा रहेको हुनुपर्ने, संस्थाको नाममा घर जग्गा हुनुपर्ने तथा वार्षिक ८ सय कामदार पठाएको हुनु जनाइएको छ । त्यस्तै, ‘ख’ वर्गमा पर्ने म्यानपावरले १ करोड धरौटी रकम जम्मा गर्नुपर्ने, ५ वर्षदेखि सञ्चालनमा रहेको, वार्षिक ५ सय कामदार पठाएको र आफ्नै घर जग्गा रहेको हुनुपर्ने तथा ‘ग’ वर्गका म्यानपावरले ७५ लाख धरौटी राख्नुपर्ने, ५ वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने वार्षिक २ सय जना कामदार पठाएको र आफ्नै संस्थाको नाममा घर जग्गा रहेको हुनुपर्ने जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies