Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

दुई सय मुहान सुके, रारा तालको सतह आधा मिटर घट्यो

\"Pani-Ko-Muhan-Sukdai\"मुगु । रारा गाविस मुर्मा गाउँका धनसिंह रोकाया गाउँमा बर्षौदेखिको खानेपानीको मूल सुकेपछि चिन्तित भएका छन् । करिब ७० घरधुरी रहेको उक्त मुर्मा गाउँका स्थानीयवासीलाई भोकमरीभन्दा पिउने पानीको बढी चिन्ता छ । पानीको मुहानमा पालो लगाएर एक घरलाई एक गाग्री पानी भाग लगाउने गरिएको छ । मुर्मा गाउँका स्थानीयवासीलाई रातभर जाग्राम बसेर एक गाग्री पानी पाउन कठिनाइ भएको धनसिंहले बताए । लामो खडेरीमा पनि कहिल्यै नसुकेको पानीको मुहान यो पटक सुक्दा समस्या भएको उनले सुनाए । रुगा गाविसका १५० दलित परिवारलाई उस्तै पानीको सङ्कट देखिएको छ । गाउँदेखि आघा घन्टा टाढा खडेरीले कुवा सुक्न थालेपछि एक गाग्री पानी पाउन मुस्किल हुन थालेको छ । कुवामा पानी भर्न रुगा गाउँका स्थानीयवासी लाइनमा बस्नुपर्ने अवस्था छ । दिउँसो पालो नपाएर रातभर कुवामै बसेर पानी भर्ने गरेका छन् । खडेरीले स्थानीयवासीलाई भोकमरीभन्दा पानीको चिन्ताले सताएको छ । ज्यालादारी काम गरेर पैसा कमाएर चामल किनेर खाउँला तर पानी कहाँबाट ल्याउँला रुगा गाविसकी जउकली कामीले भनिन् –‘अनाजभन्दा पानी पाउन गाह्रो हुन थाल्यो कस्तो जमाना आयो ।’ जिमा गाविसको सोरुकोट र बन्जाह गाउँका करिब २०० परिवारलाई पनि पानीको समस्या बेहोर्नुपरेको छ । खडेरीले दिउँसो धारोमा पानी नआउने र राति तिरतिर गरेर पानी झर्न थालेपछि समस्या भएको छ । सोरुकोट गाउँका स्थानीयवासी हातमा जर्किन बोकेर आघा घन्टा तल तिर्सेखोलामा पुगेर पानी ल्याउने गरेका छन् । बन्जाह गाउँका स्थानीयवासी रातभर जाग्राम बसेर एक गाग्री पानी भर्नुपरेको छ । हामीलाई भोकमरीभन्दा पानीको साह्रै सङ्कट उत्पन्न भयो बन्जाह गाउँकी पुनी मल्लले भनिन –खडेरीले औलदेखि लेकसम्मका पानीका मुहान सुकिसके एक पानी अनाजभन्दा एक गाग्री पानी पाउन गाह्रो हुन थाल्यो । जिल्लामा लामो खडेरी परम्परागत पानीका मुहान सुकेपछि स्थानीयवासीलाई गाउँ छोडेर अन्यत्र सनुपर्ने अवस्था आउन थालेको छ । कहिल्यै नसुकेको पानीका मुहान यो पटक सुकेका छन् । जिमा गाविसको ख्याल्च गाउँका स्थानीयवासीलाई अनाजभन्दा पिउने पानीले सताएको छ । करिब ८० घरधुरी रहेको उक्त गाउँमा रहेको पुरानो पानीको मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको छ । डोकोमा गाग्री राखेर आघा घन्टा टाढाबाट पानी ल्याएर खानुपर्ने अवस्था आएपछि ख्याल्च गाउँका स्थानीयवासी चिन्तित भएका छन् । उता फोतु गाविस सोडडा गाउँका ४५ घरधुरीलाई उस्तै पानीको सङ्कट उब्जिएको छ । खडेरीले गाउँघरका पुराना स–साना सबै मूल सुकिसके रुगा गाविस सुम्ली गाउँका ७२ वर्षीय धने भण्डारीले भनिन –यस्तै हो भने अब कर्णालीको छेउछाउमा गएर बस्नुपर्ने अवस्था आइसक्यो ।’ समुद्री सतहदेखि करिब दुई हजार ९०० मिटर उचाइमा रहेको पर्यटकीयस्थल रारा तालमा मिसिने करिब ६२ वटा पानीका मुहान खडेरीले सुकेपछि इतिहासमै पहिलोपटक आघा मिटर ताल घटेको छ । ठूलो खडेरीले पानीका मुहान सुकेपछि देशकै ठूलो ताल राराको पानी आधा मिटर तल घटेको निमित्त रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत गोपाल खत्रीले बताए । रारा तालको निकास खत्याड खोला पनि सुकेको छ । रारा तालको पानी घटेपछि कार्कीवाडा गाविसको लेकबस्तीका पानीका आधा दर्जनभन्दा बढी पानीका मुहान पनि सुकेको स्थानीयवासीको भनाइ छ । लेकाली बस्तीका स्थानीयवासीलाई पानी बोकेर खानुपर्ने अवस्था आएको छ । जिल्लाको २४ वटै गाविसमा करिब २०० पानीका मुहान सुकेका छन् खडेरीले धमाधम पानीका मुहान सुक्न थालेपछि त्यसको असर मानव चौपाया वस्तु वन्यजन्तु र चराचुरुङ्गीलाई असर परेको छ । पानीका मुहान सुक्न थालेपछि सरकारी तथा गैरसरकारी खानेपानी आयोजना प्रभावित भएका छन् । पहिले बनाएका अलपत्र परेका र निर्माणको तयारीमा रहेका आयोजना रोक्नुपर्ने अवस्था आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending