Ntc summer Offer
Khabar Dabali १५ फाल्गुन २०८० मंगलवार | 27th February, 2024 Tue
NIMB

ट्वान्टी–२० क्रिकेटमा आज खतरनाक भिडन्त

\"india-vs-west-indies-2013-tab-419bc8-h900\" काठमाडौं । भारतमा जारी ट्वान्टी ट्वान्ट विश्वकप क्रिकेटमा विहीबार रोमाञ्चक एवम् खतरनाक भिडन्त हुने भएको छ । अष्ट्रेलियालाईसमेत पराजित गर्दै अन्तिम चारमा आइपुगेको भारतले उपाधि यात्राका लागि विहीबार वेष्ट इण्डिजसँग प्रतिष्पर्धा गर्दैछ । यसअघि अघिल्लो चरणमा अष्टे«लियासँगको खेलमा सानदार जित हात पारेको भारतले वेष्ट इण्डिजलाई पराजित गर्दै फाइनल प्रवेश गर्ने विश्वासका साथ मैदानमा उत्रिदैछ । पाकिस्तानसँगको खेलमा अर्धशतक बनाएका विराट कोहलीले अष्ट्रेलियासँगको खेलमा अविजित ८२ रन बनाएका थिए । विराटको उत्कृष्ट प्रदर्शनसँगै वेष्ट इण्डिजको क्रिस गेलको खेल निकै रोमाञ्चक हुने विश्वास गरिएको छ । वेष्ट इण्डिजका उत्कृष्ट ब्याट्सम्यान क्रिस गेलले इंग्ल्यान्डविरुद्धको आफ्नो पहिलो खेलमा ११ छक्काको मद्दतमा नटआउट शतक पार गरेका थिए तर अन्य खेलमा भने उनको सन्तोषजनक प्रदर्शन मात्र छ । भारतका विराटले भने अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यसअघि सन् २००७ मा उपाधि जितेको भारतको आफ्नो भूमिमा जित निकाल्ने दाउ छ । इंग्ल्याण्ड भने यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । बुधबारराती भएको खेलमा न्युजिल्याण्डलाई सात विकेटले पराजित गर्दै इङल्याण्ड फाइनलमा प्रवेश गरेको हो । इङल्याण्ड सन् २०१० को विजेता टोली हो । फाइनलमा इङल्याण्डले भारत र वेस्ट इण्डिजबीचको विजेता टोलीसँग प्रतिष्पर्धा गर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies