Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

म्यानमारका नवनियुक्त राष्ट्रपति च्योले लिए सपथ

\"Myanmar_president\"म्यानमारका नवनियुक्त राष्ट्रपति टिन् च्योले बुधबार आफ्नो पदको सपथ लिएका छन्। बुधबार राजधानी नेपित्वमा विशेष कार्यक्रमका साथ उनलाई सपथ गराइको हो।
म्‍यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको प्रमुख सहयोगीका रुपमा रहेका उनी लामो समयपछि म्यानमारको नागरिक सरकारको नेतृत्वकर्ताका रुपमा आएका छन्।
म्यानमारमा प्रजातन्त्रका लागि आफ्नो आजसम्मको जिवन अर्पण गरेकी ७० वर्षीया नेत्री सुकीलाई म्यानमारको वर्तमान संविधानले राष्ट्रपति बन्न प्रतिबन्धित गरेको छ।
सोही कारणले नयाँ राष्ट्रपतिका रुपमा आफ्ना सबैभन्दा नजिकका अर्का नेता च्‌लाई अघि सारेकी हुन्। उनी सन् २०११ देखि म्यानमारको सैनिक सरकारले सुरु गरेको भनिएको प्रजातान्त्रिक सुदृढिकरण अभियानको पिछल्लो प्रगतिका रुपमा यस पदमा निर्वाचित भएका छन्।
गएको नोभेम्बर महिनामा भएको आमनिर्वाचनपछि म्यानमारमा प्रजातन्त्रको उदय भएको हो। गत नोभेम्बरको सो निर्वाचनमा सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीले अत्यधिक मत प्राप्त गरेको थियो।
सो दलले म्यानमारको प्रजातान्त्रिक इतिहासमा सफल बहुमत अर्थात म्यानमारको संसदमा ८० प्रतिशत स्थान हासिल गरेको हो। त्यस बाहेकका अन्य स्थानमा अहिले पनि म्यानमारको सैनिकआबद्ध दलहरुकै उपस्थिति रहेको छ।
नोभेम्बरमा यहाँ सैनिक सहयोगको सरकार नै थियो। यसरी सैनिकको सरकारले गराएको आमनिर्वाचनमा पनि यतिधेरै सफलता हातपार्नुलाई म्यानमारमा प्रजातान्त्रको सफलताका रुपमा हेरिएको छ।
सुकीका पुराना स्कुले साथी रहेका राष्ट्रपति च्‌ले भने, \'म म्यानमारको प्रजातान्त्रिक अभियानलाई थप बलियो र सशक्त बनाई नागरिकको मप्रतिको इच्छा र अपेक्षालाई मर्न नदिई काम गर्नेछु।\'
म्यानमारमा नागरिक सरकारले आफ्ना कार्यारम्भ गर्न पाउला कि नपउला भन्ने संशय नागरिकमा रहेका बेला म्यानमारको सैनिकले भने सहजै शक्ति हस्तान्तरण गरिदिएको छ।
साथै म्यानमारको सैनिकले आगामी दिनमा पनि नागरिक सरकारसँग मिलेर कामगर्ने र देशको विकास र नागरिकको ईच्छा अपेक्षा बमोजिम सरकारसँग सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता सैनिक प्रमुखले हालै व्यक्त गरेका थिए। रासस/एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending