Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

युवालाई विदेशिन रोक्ने चलचित्र ‘राहदानी’

\"rahadani-movie-poster\"काठमाडौँ । नेपाल कृषिप्रधान देश हो । यहाँका करिब ८० प्रतिशत जनता कृषि पेसामा आश्रित छन् । कृषकका लागि पशु चौपाया अमूल्य निधि हुन् । त्यसैले त एउटा पशु चौपायाको मरणले पनि गरिब किसानको आर्थिक अवस्थामा अपुरणीय क्षति हुन पुग्छ । हालै प्रदर्शनमा आएको चलचित्र ‘राहदानी’को कथावस्तुको उठान डब्बु क्षेत्रीले यसै सेरोफेरोबाट गरेका छन् । जहाँ एउटा किसानले ऋण गरेर किनेको जर्सी गाई मर्छ । चलचित्रमा त्यही गाईको मृत्युले निम्त्याएको पिरोलोले सो परिवारलाई दुर्दशामा पु¥याएको कथा छ । रङ्ग पत्रकार क्षेत्रीले पहिलोपटक निर्देशन गरेको यही चलचित्र हेर्न गत चैत ११ गते हलसम्म पुगेका कृषिमन्त्री हरिबोल गजुरेल प्रतिक्रिया दिने क्रममा भक्कानिएर रोएका थिए । गरिब किसानले किनेको गाई मरेको कथाले आफ्नो हृदय छोएको उनले बताएका थिए । मूलतः रोजगारीका लागि खाडीमुलुक जाने नेपाली युवाको वास्तविक कथालाई चलचित्रले पस्किएको छ । कथा यस्तो छ– घरमा भएको सामान्य गाईको दूध बेचेर जीविका चलाउने परिवारमा जन्मिएको राजबहादुर क्षेत्रीलाई जर्सी गाई किनेर धेरै दूध उत्पादन गर्ने सोच आउँछ र महँगो ऋणमा गाई किन्छ । गाई अचानक मरेपछि ऋण तिर्न अरु उपाय नभएर अकस्मात् दलालमार्फत राज विदेशिन्छन् । आफ्नो अध्ययन छोडेर बाध्यताले विदेश गएको राज ठगिएको, दुर्घटनामा परेर निधन भएको र त्यसपछि परिवारको विचल्लीमा परेको कथाले दर्शकलाई आँसु झार्न बाध्य गराउँछ । छोराको लास नेपालसम्म ल्याउनु उनीहरुले कस्तो दुःख भोगे चलचित्रले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । लक्ष्मीप्रसाद ढकालले निर्माण गरेको चलचित्रको कथा निर्देशन क्षेत्री स्वयमले गरेका हुन् । क्षेत्रीका अनुसार उनले पारिवारिक सेरोफेरोमा घटेका सत्य घटनालाई कथाको माध्यम बनाएको बताए । हचुवामा विदेशिएर दुःख पाएका आफ्नै नातेदारको कथाले छोएको त्यसमा पनि एक आफन्त विदेशमा बित्दा लास ल्याउन आफैँले धेरै कठिनाइ भोगेकाले व्यावसायिकताभन्दा माथि उठेर जनचेतनाका लागि चलचित्र बनाएको उनको भनाइ छ । उनले भने, “सीप नसिकी जथाभावी वैदेशिक रोजगारीमा जाँदा जोखिम काममा परेर दैनिक पाँचदेखि १५ युवाको विमानस्थलमा लास आइरहेको छ, म यो चलचित्रमार्फत युवालाई सन्देश दिन चाहन्छु, विदेश सोचेजस्तो सजिलो छैन भनेर ।” ‘राहदानी’ हेरेपछि धेरै युवाले अबदेखि विदेश जान्न भनेर राहदानी च्यातेको दृष्टान्त दिँदै क्षेत्रीले भने “अबदेखि विदेश गएर ठगिँदै नेपाली रुन नपरोस्, यही रोजगारी सिर्जना गरौँ ।” ‘डकुड्रामा’ शैलीको उक्त चलचित्रमा मुख्यपात्र ‘राज’को भूमिकामा रहेका अशोक रिजालले जीवन्त अभिनय गरेका छन् । त्यस्तै, दयाहाङ राई, नवीन लम्साल, रुपा खनाल, विनिता घिमिरे, सिर्जना सुब्बा आदि कलाकारको अभिनयसमेत प्रशङ्सायोग्य छ । पर्दामा सहरीया युवा विद्यार्थीको भूमिकामा रहेर गाउँलेलाई सक्दो सहयोग गरेका कलाकार लम्साल चलचित्र खेलेको प्रभाव वास्तविक जीवनमा लागू गर्न आफू लालायित रहेको बताउँछन् । गत सोमबार चलचित्र घरमा भेटिएका उनले भने, “सहरीया स्वार्थी हुन्छन्, गाउँलेलाई सहयोग गर्दैनन् भन्ने छ, तर यो चलचित्रमा मेरो भूमिकाले त्यसको खण्डन गरेको छ, अब म वास्तविक जीवनमा पनि विदेशमा दुःख पाएकालाई सहयोग गर्न चाहन्छु ।’’ चलचित्र हेर्न हलसम्म पुगेका केही दर्शकले भने चलचित्रको कथा उत्कृष्ट भए पनि निर्देशन त्यसअनुरुप हुन नसकेको प्रतिक्रिया दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending