Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

प्रधानमन्त्रीले नै विश्वास नगर्ने यो कस्तो पुनर्निर्माण ?

\"oli\"काठमाडौं । ‘सरकार र म आफैं पनि भूकम्पपछिको पुनर्निर्माणको समग्र कामबाट सन्तुष्ट छैन । जनताले सोचे जसरी काम अघि बढिरहेको छैन’ प्रधानमन्त्रीलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको गोष्ठीमा भने, ‘यही अवस्थामा काम भए भए जनतालाई छानोमुनी ल्याउने काममा दशकौं लाग्छ । कामको स्थिति राम्रो भएन । यस्तै भए राम्रो हुने छैन ।’ देशको सम्पूर्ण शासकीय कार्यभार आफ्नो आफ्नो हातमा लिएर बसेका प्रधानमन्त्रीले नै १२ वैशाखको भूकम्पपछिको पुनर्निर्माणमा यसरी तीव्र असन्तुष्टी जनाइनुको सिधा अर्थ हुन्छ । एक वर्षमा पुननिर्माणको काम अलिकति पनि सुरु भएको छैन । एक वर्ष अघि गएको विनाशकारी भूकम्पले वाग्मति अञ्चलका जिल्लासहित गोरखामा ठूलो क्षति पुुर्यायो । पीडित जनता वर्षायाम र एक जाडोयामपछि फेरि  वर्षायामको मुखैमा भए पनि प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले नै कामप्रति यस्तो असन्तुष्टी जनाउनुले यसको सुस्तता र लाचारीबारे थाहा पाउन मुस्किल हुँदैन । प्रधानमन्त्रीकै अग्रसरतामा गत २ माघबाट पुननिर्माण महाअभियान सुरु भएको थियो । तर, उनैले सुरु गरेको न रानीपोखरीको पुनर्निर्माण सुरु भयो न धरहराको काम नै थालियो । ओलीले यी विषय पनि उठाएर पीडितको बास बनाउनको लागि काम नै नभएको तर्क गरे । उनले असन्तुष्टी मात्रै जनाएनन् काम नगर्ने कर्मचारीलाई सरुवा गर्ने र काम गर्नेलाई पुननिर्माणको काममा लगाउने  पनि बताए । सोही गोष्ठीमा पीडित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सूरुको दुई किस्ता राहत रकम २५ हजार बाडिए पनि पुननिर्माणको मापदण्डको अभावमा प्रभावकारी काम हुन नसकेको बताएका थिए । प्रधानमन्त्रीको असन्तुष्टीमा उनीहरुले उल्टै काम थाल्ने वातावरण नै नभएको बताएका थिए । आफूखुशी राहत वितरण, प्रभावकारी मापदण्डको अभाव, घर निर्माण गर्ने कच्चा पदार्थदेखि डकर्मी र सिकर्मीको अभाव जस्ता विषय उठाएका थिए । उनीहरुले उठाएको प्रश्नबाट पनि सरकारले प्रभावकारी पुनर्निर्माण योजना अघि सारेको छैन भन्ने प्रष्ट हुन्थ्यो । प्राधिकरणले होटलमा यस्ता गोष्ठी गर्छ तर, क्षतविक्षत भएका बस्ती बसाल्न योजना र कार्यान्वयनको खाका ल्याउदैन । प्रधानमन्त्री र सरकारका उच्च अधिकारीले यसरी काम भएन भन्दै हिड्ने अवस्था एकातिर छ भने अर्कोतिर पीडितले खुल्ला आकाशमुनी बस्नु परेको छ । वर्षायाम, जाडोपछि पीडितका टहरा हावाहुरीले उडाइदिएको छ । यस्तो सरकार आफैं अन्यौलमा र आरोपमा उत्रिएको छ अनि जनताले कहाँबाट आशा गर्ने ? जब वर्षायाम सकियो, अनि त्रिपाल बाँडियो, जब जाडो सकियो अनि न्यानो बाँडियो यस्तोमा सरकारले पुनर्निर्माण गर्छ र भनेर कसरी पत्याउने कति पत्याउने ? पीडितको पीडा कहिले दुख्ला राज्यलाई ? कर्मचारीलाई दोष दिएर ओली सरकार उम्कन मिल्छ ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending