गोरखा । गोरखाको लापुका स्थानीय बासिन्दाहरुले बेलायती राजकुमार ह्यारीको नाममा एउटा स्थानीय डाँडाको नामाकरण गरेका छन्। उनीहरुले लापुबेसीको माथिल्लो भागमा पर्ने ‘डम्बु’ भनिने स्थानलाई ‘ह्यारी हिल’ बनाउने निर्णय गरेका हुन्।
सोमबार साँझ लापु गाविसका सचिव पहलसिंह थापाको उपस्थितिमा बसेको गाउँ भेलाले डाँडाको लिखित नामाकरण गरेका हुन्। डाँडाको नामाकरणका लागि गाउँलेले ह्यारीको समेत स्वीकृति लिएका थिए।
उनले चार घण्टा पैदल हिँडी गोरखाको लापुबेसीमा पुगी भूकम्पले भत्किएको स्कूल पुननिर्माण कार्यमा सहभागीता जनाएपछि स्थानीय उनीबाट प्रभावित भएका हुन्।
सोमबार ह्यारीको सम्मानमा भएको कार्यम्रममा डाँडाको नाम ह्यारी हिल राख्ने लिखित निर्णय नै भएको स्थानीय प्रभात किरण माध्यमिक विद्यालयका प्रधानाध्यापक जीव गुरुङले बताए ।
‘ह्यारी हिल’ नामाकरण गरिएको डाँडो मनास्लु पदमार्गको छेउमै रहेको छ। स्थानीयले उक्त स्थान पिकनिक स्पटका उपयुक्त हुने र ह्यारी हिल नामाकरण पछि आकर्षण बढ्ने अपेक्षा लिएका छन्।
चैत ६ गते नेपाल आएका ह्यारी ११ गते गोर्खाको लापु पुगेका थिए। उनले त्यहाँ प्रभात किरण माध्यमिक विद्यालयको भवन निर्माणमा श्रमदान गरेका थिए। उनी आजै लापुबाट हेलिकप्टर चढेर राजधानी फर्किएका छन्।
यसअघि सन् ८० को दशकमा नेपाल भ्रमणमा आएका बेलायती युवराज चार्ल्सले पदयात्रा गरेको सम्झनामा धनकुटाको भेडेटारको एउटा डाँडालाई चार्ल्स प्वाइन्टनामाकरण गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: