Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

कांग्रेसमा पहिला विधान संशाेधन अनि मात्र संसदीय दलकाे नेता चयन

\"Nepali-congress-750\"काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेतृत्व चयन प्रक्रिया विधान संशोधनपछि मात्र अघि बढ्ने भएको छ।

नयाँ संविधानको व्यवस्था अनुसार दलको विधान संशोधनपछि मात्र संसदीय दलको नेतृत्व चयन गर्नु पर्ने नेता रामचन्द्र पौडेल पक्षको अडानपछि सभापति शेरबहादुर देउवाले विधान संशोधन प्रक्रिया अघि बढाउन अग्रसरता लिएका छन्।

सभापति देउवाले मंगलबार दिउँसो नेता पौडेललाई टेलिफोन गरी विधान संशोधन प्रक्रिया अघि बढाउने प्रस्ताव गरेका छन्। यसअघि पौडेलले हिजो विधान संशोधन नगरी दलको नेता चयन प्रक्रिया अघि नबढाउन दवाव दिएका थिए ।

संविधानको व्यवस्था अनुसार संसदीय दलको विधान संशेधन गर्न आफु तयार रहेको बताउँदै सभापति देउवाले विधान संशोधन गरेर दलको नेता चयन गनै पौडेललाई आग्रह गरेका छन्।

संसदीय दलको नेता चयन नहुँदा संवैधानीक परिषदका साथै अन्य महत्वपूर्ण काममा प्रभाव परेकाले त्यसलाई छिटो टुंगोमा पुर्याउनु पर्ने सभापति देउवाले बताएका छन् । उनले विधान संशोधनका लागि चैत २२ गते केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्ने प्रस्ताव पौडेलसँग गरेका छन्।

संसदीय दलको नेता तथा कार्यसमिति चयन गर्न निर्वाचन समितिले तय गरेकै मितिमा निर्वाचन गर्ने गरी संशोधन प्रक्रियालाई टुंगोमा पुग्नु पर्नेमा देउवाले जोड दिएका छन्।

विधानमा रहेको विकास क्षेत्रको प्रावधानलाई प्रदेशमा ढाल्ने, सामावेसी सिटलाई अपडेट गगर्नुको साथै विधानमा रहेका अन्य विषयलाई संशोधन गरेर अघि बढ्न आफु तयार रहेको जानकारी गराएका थिए।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies