Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

कालोबजारी नियन्त्रणका लागि ‘सडक बहस’

\"RoS-Ktm-काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले कालोबजारी नियन्त्रणका लागि ‘सडक बहस’ अभियान आजदेखि सुरु गरेको छ । प्रदर्शनीमार्ग्स्थित रत्नराज्य क्याम्पस अगाडि आज आयोजित कार्यक्रममा सहभागी वक्ताले कडाइका साथ बजार अनुगमन गरी बदमासी गर्नेलाई आवश्यक कारबाही गर्न माग गरेका छन् । नेपाल पत्रकार महासघंका अध्यक्ष डा महेन्द्र विष्टले नाकाबन्दीको अन्त्यपछि देशमा पेट्रोलियम पदार्थ, ग्यासलगायत इन्धन सहज रुपमा भित्रिएको भए पनि आपूर्ति नियमित हुन नसकेको अवस्थामा सरकार निरीह भएर बस्न नहुने बताए । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आर्थिक अनियमितता गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरी दण्डित गर्नुपर्नेमा जोड दिँदै पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन सहकारी क्षेत्रलाई वितरणको जिम्मेवारी दिइन बताए । युवा सघंका अध्यक्ष राजीव पहारी, अधिकारकर्मी सुबोध प्याकुरेल, ज्योति बानियाँलगायत संयुक्त विद्यार्थी सङ्गठनका नेताले उपभोक्ता ठगिएको अवस्थामा सरकारले कालोबजार नियन्त्रण गर्नुपर्ने र उपभोक्ताले पनि बजारमा मूल्यसूची हेरेर वस्तु खरिद गर्न सुझाव दिएका थिए । अनेरास्ववियुका अध्यक्ष नवीना लामाले अनेरास्ववियुले यही चैत ४ गतेदेखि एकसाताका लागि सुरु गरेको ‘कालोबजारी नियन्त्रण अभियान’ प्रभावकारी भएपछि त्यसलाई निरन्तरता दिने क्रममा आजदेखि नयाँ कार्यक्रम सुरु गरेको जानकारी दिईन् । सङ्गठनका उपाध्यक्ष महेश बर्तौलाले अबको चरणमा कालोबजारीलाई पहिचान गरी उनीहरुको कसुरका आधारमा प्रहरी प्रशासन तथा अख्तियारलाई बुझाइने जानकारी दिए । यसअघिकै अभियानमा पुरानोबानेश्वर, नयाँबानेश्वर, चाबहिल, बालाजु, कीर्तिपुरलगायत क्षेत्रको अनुगमनका क्रममा कालोबजारीमा संलग्न व्यापारीलाई सचेत गराएको थियो । सङ्गठनले कालोबजारी नियन्त्रणका क्रममा काठमाडौँका विभिन्न स्थानबाट करिब ६० व्यापारीलाई पक्राउ गरी सम्झाइबुझाइ सचेत गराएको थियो । ती व्यापारीले खाद्य सामग्रीको मूल्यसूचीभन्दा बढी मूल्य लिई बिक्री गरेको, ग्यास, मट्टीतेललगायत अत्यावश्यकीय इन्धनमा कालोबजार गरेको पाइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies