Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

अपहरित विमानबाट अधिकांश यात्रु रिहा

\"cai8-750\" कायरो  । अपहरित इजिप्ट एयरका अधिकांश यात्रुलाई मुक्त गरिएको समाचार छ । मङ्गलबार इजिप्ट एयरको विमान अपहरण गरिएको थियो । सो विमान अपहरण गरी साइप्रस पु¥याइएको थियो । अपहरित विमानबाट अधिकांश यात्रुलाई रिहा गरिएको पछिल्लो समाचार प्राप्त भएको छ । उक्त विमानमा रहेका चार वा पाँच जना विदेशी नागरिकबाहेक अरुलाई रिहा गरिएको बताइएको हो । विमानको चालक दलका सदस्यहरु भने मुक्त गरिएको छैन । सो विमानमा २१ जना विदेशी यात्रु रहेका थिए । तीमध्ये आठजना अमेरिकी नागरिक रहेका थिए । त्यसैगरी चारजना डच, चारजना बेलायती र एकजना फ्रान्सेली यात्रु रहेका बताइएको छ । इजिप्टेली नागरिक उड्डयन मन्त्रालयले दिएको जानकारीअनुसार सो विमानमा रहेका अधिकांश यात्रुलाई रिहा गरिसकिएको छ । उक्त मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– सो विमानमा रहेका चार वा पाँच जना विदेशीबाहेक अरु सबैलाई रिहा गरिएको छ । उक्त विमानमा जम्मा ८१ जना यात्रु रहेका बताइएको छ । तर यसअघि इजिप्ट एयरले प्रकाशन गरेको विज्ञप्तिमा भने उक्त विमानमा ५५ जनामात्र यात्रु रहेको जनाएको थियो । उक्त विमान इजिप्टको अलेक्जेन्डेरियाबाट उडेको थियो । उडेलगत्तै अपहरणमा परेको सो विमानलाई साइप्रसको लार्नाक विमानस्थलमा जबर्जस्त अवतरण गराइएको थियो । यो विमानको अपहरणको कारण भने अझै पनि खुल्न सकेको छैन । अपहरणमा परेपछि त्यस विमानका अपहरणकारीहरुले लार्नाकमा लगी आफ्ना माग राखेका थिए । ती अपहरणकारीसँग इजिप्टको सरकारका अधिकारीहरु र साइप्रसका प्रतिनिधिले वार्तालाप गरेका थिए । त्यसपश्चात यात्रु छोड्न अपहरणकारी सहमत भएको हो । तर उसका मागका बारेमा भने केही बताइएको छैन । इजिप्टका अधिकारीहरुसँगको सहमतिपछि यात्रु मुक्त गर्ने सहमति भएको बताइएको छ । इजिप्टेली प्रहरीले सो अपहरणको बारेमा अनुसन्धान जारी रहेको जनाएको छ । यसको जिम्मेवारी पनि अहिलेसम्म कसैले लिएको छैन । अधिकांश अधिकारीहरुले यस विमान अपहरणको घटना आतङ्कवादीसँग सम्बन्धित भने नरहेको पनि बताएका छन् । रासस÷एपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending