Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

देउवा र पौडेलबीच यसरी हुँदैछ गुटगत लडाईं

\"Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700-750\"काठमाडौं । कांग्रेसमा शेरबहादुर देउवा  पक्ष १३ औं महाधिवेशन अघिसम्म एउटा पार्टीभित्रकै प्रमुख गुट थियो । १३ औं महाधिवेशनमा सभापतिमा देउवा निर्वाचित भएपछि सो पक्ष गुटबाट संस्थापन बनेको छ । भने, पहिलेको संस्थापन पक्ष अहिले पार्टीभित्र प्रतिपक्ष जस्तो देखिएको छ । जुन संस्थापन पक्ष नभई असन्तुष्ट पक्षको रुपमा अगाडि आइरहेको छ । पछिल्ला पाँच वर्षमा जसरी देउवा पक्षले संस्थापनविरुद्ध विषवमन गर्यो, सोही शैलीलाई अब रामचन्द्र पौडेल पक्षले पनि उठाउँने भएको छ । सोमबार आफ्नै निवास बालाजुको बोहोराटारमा भएको आफू पक्षीय नेताको बैठक पौडेलले यस्तो संकेत गरिसकेका छन् । उनको संकेतको पहिलो प्रयासस्वरुपको तारो भएको छ २४ चैतका लागि तोकिएको संसदीय दलको चुनाव र २६ चैतका लागि तोकिएको संसदीय दल कार्यसमितिको चुनाव  । देउवा पक्ष सोही मितिमा दलको नेता चयन गर्नुपर्ने तयारीमा भए पनि पौडेल पक्षले संघीयता अनुसार पार्टी संरचना पनि बदल्नुपर्ने भन्दै विधान संसोधन गरेर मात्र नेता चयन गर्नुपर्ने विषय उठाएको छ । सोमबार सो भेलाले पनि विधान संसोधनलाई प्रमुख प्राथमिकतमा राख्यो । विधान संसोधन हुुनुपर्ने संवैधानिक व्यवस्था भएको र पार्टी भित्रका संरचना पनि बदलिनुपर्ने भएकोेले दल चुनाव पछि  गर्नुपर्ने सो पक्षको भनाई छ । ‘पहिले देउवाजीले हरेक विषयमा अड्काउनेमात्र गर्नुभयो’  पौडेल निकट एक नेता भन्छन्, ‘अलिहे संविधानले व्याख्या गरेको व्यवस्था र पार्टी संरचना पनि बदल्नुपर्ने अवस्थामा अरु विषयलाई थाती राखेर दलको नेत ाचयन मात्रै भनेर हुँदैन । पहिले पाँच विकास क्षेत्रबाट दलको कार्यसमितिमा सदस्य आउने व्यवस्था भए पनि अब ७ प्रदेशको संरचना अनुसार आउनुपर्ने भएकोले पनि विधान संसोधन गर्न आवश्यक भएको पौडेल पक्षको भनाई छ । तर,  देउवा पक्षले विधान संसोधन निर्वाचन अघि नै हुने भन्दै यो विषय त्यति ठूलो नभएको तर्कमा छ । देउवा सभापति पनि आफू भएकोले आफैं दलको नेता हुन चाहन्छन् । यसमा सर्वसम्मत हुने सम्भावना कम देखिन्छ । नभए पनि बहुमतबाटै निर्वाचित हुन चाहन्छन् । तर, पौडेल पक्ष पार्टी एक भएको सन्देश पनि सर्वसम्मत रुपमा आफ्नो पक्षलाई नेताको जिम्मेवारी दिनुपर्ने पक्षमा छ । पौडेल पक्षले सभापति र दलको नेता दुवै एक हुँदा पार्टी एक भएको सन्देश नजाने भन्दै दलको नेता आफ्नो पक्षले पाउनुपर्ने गरी देउवासँग प्रयास थाल्ने तयारीमा पुगेको बताइन्छ । भन्नलाई विधि र प्रक्रियाको कुरा भनिए पनि दलको नेताको लागि पौडेलको दबाब भएको रुपमा व्याख्या भएको छ । ‘अब तत्काल अर्को व्यक्ति दलको चुनावमा उठ्ने देखिंदैन त्यसैले पौडेल नै सहमति नहुँदा उम्मेदवार बन्ने हो’ पौडेल निकट स्रोत भन्छ, ‘सकेसम्म सहमति  एकताको सन्देश दिन पनि बहुपदमा जान हाम्रो सुझाव हुन्छन् ।’ दलको चुनावपछि विभाग गठन, केन्द्रीय  कार्य सम्पादन समिति, भ्रातृ संस्थाको अधिवेशनको विषयले कांग्रेसमा थप विवाद ल्याउने बुझिएको छ । अघिल्लो पाँच वर्षमा गुटगत विवादकै कारण यी कुनै पनि विषयले पूर्णता पाएनन् । फेरि अर्को नेतृत्व स्थापित हुँदा पहिलेको संस्थापनले पार्टी संचालन पद्धतिका कुरा झिक्दै पुनः विवाद ल्याउने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending