Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

हावाहुरीले रबर उद्योगको चिम्नी भाँचियो

\"gorakali_rabar\"गोरखा  । हावाहुरीले गर्दा टायर उत्पादन गर्ने नेपालको एक मात्र गोरखकाली रबर उद्योगको धुवाँ फाल्ने चिम्नी भाँचिएको छ । गोरखाको मझुवा देउरालीमा रहेको उद्योगभित्र रहेको करिब ५० मिटर अग्लो चिम्नी आज दिउँसो आएको हावाहुरीले ढालेको हो ।

“पचास मिटर अग्लो चिम्नी हावाहुरीले भाँच्यो” उद्योगका मजदुर नेता इश्वर परियारले भन्नुभयो, “भूकम्पले हल्लाएर कमजोर भएको चिम्नी बेजोडको हावाले ढाल्यो ।”

भूकम्पपछि बन्द रहेको गोरखकाली रबर उद्योग कच्चा पदार्थको अभावमा अझै बन्द छ । यहाँका २८० भन्दा बढी मजदुरले गत असोज महिनादेखि काम र पारिश्रमिक दुवै पाएका छैनन् ।

त्यस्तै हावाहुरीले उत्तरी गोरखाको लापु गाविसस्थित प्रभातकिरण माध्यामिक विद्यालयको टहरो उडाएपछि कक्षा ८ को आजको परीक्षा स्थगित गरिएको छ ।

हावाहुरीले टहराको जस्तापाता उडाएपछि नागरिक तथा नैतिक शिक्षा बिषयको परीक्षा स्थगित गर्नुपरेको विद्यालयका लेखा समितिका सदस्य सोमबहादुर गुरुङले टेलिफोनमा जानकारी दिनुभयो । हावाहुरीले जिल्लाका भूकम्पपीडितका टहराका साथै विद्यालयमा पनि क्षति पुगेको छ ।

हावाहुरी र असिनापानीले बारपाक, लाप्राक, घ्याच्चोक, सिम्जुङ, हंशपुर, मुच्चोक, छोप्राक, खोप्लाङ, लाप्राक, गुम्दा, लापु, उहिया, केरौंजा, काशीगाउँ, गोरखा नगरपालिकालगायत जिल्लाको अधिकांश क्षेत्रका भूकम्पपीडितको टहरा उडाएको छ ।

यस्तै असिनापानीले फलफूलका फूल झारेको किसानले गुनासो गरेका छन् । आँप, नासपाती, सुन्तलालगायत अन्य फलफूलको फूल झार्दा किसानलाई यसवर्ष घाटा लाग्ने देखिएको हो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending