Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

रुरु क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

\"Aantarkriya\"काठमाडौँ । पौराणिककालदेखि पवित्र तीर्थस्थलका रुपमा रहेको नेपालको रुरु क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पुरातत्व विभागले तीन महिनाभित्र आधार तय गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार आयोजित ‘रुरु निर्माण योजना तथा रुरु क्षेत्रको पर्यटकीय विकास’ विषयको अन्तरक्रियामा तीन महिनाभित्र आधार तय गर्ने जानकारी दिइएको हो ।

त्यस्तै, सो क्षेत्रको समग्र विकासका लागि अहिलेसम्म भएका योजनालाई अध्यावधिक गर्दै तीन महिनाभित्र गुरुयोजना निर्माण गरिने छ । रिडीमा स्नान घाट, सार्वजनिक शौचालय निर्माण गर्न, प्राथमिकीकरण गरेर मठ मन्दिर मर्मत गर्न र जग्गा अधिग्रहण गर्न आगामी आर्थिक वर्षमा बजेट छुट्याउने पहल गर्ने विषयमा छलफल भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालमा साहसिक पर्यटनको क्षेत्रमा राम्रो काम भइरहेको भएपनि धार्मिक पर्यटनको क्षेत्रमा गर्नुपर्ने जति काम हुन नसकेको बताए ।

खासखास क्षेत्रको राम्रो प्रचार गर्नसकिए दुई, चार वर्षमै २० लाख पर्यटक भित्र्याउन सकिने उनको भनाइ थियो ।नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले रुरु र रेसुङ्गा दुवै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएकाले गुरु योजना निर्माण गरी विकासका काम अघि बढाउन जरुरी भएको बताए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए ।

पूर्व मुख्य सचिव लीलामणि पौडेलले पर्यटन मन्त्रालयले ऊर्जा मन्त्रालयसँग पहल गरेर रुरु तालको एक वर्षभित्र सम्भाव्यता अध्ययन गरिसक्नुपर्ने बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending