Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

रन सुज पाँचौं वर्षमा प्रवेश

\"runकाठमाडौं । स्वदेशी जुत्ता उद्योगको क्षेत्रमा चिरपरिचित रन सुज इण्डष्ट्रिजले आफ्नो चौथांै वार्षिकोत्सव मनाएको छ । सो अवसरमा नेपाल सरकारका वन तथा भु–संरक्षण मन्त्री अग्नीप्रसाद सापकोटा प्रमुख अतिथिको रुपमा उपस्थीती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सापकोटाले उद्योगको सफलताको कामना गर्दै उद्योगको समस्यालाई सम्बोधन गर्न नेपाल सरकारको तर्फबाट सक्दो सहयोग गर्ने वचन वद्धता प्रकट गरेख । वार्षिकोत्सव कार्यक्रममा रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले चार वर्षको दौरानमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै उद्योगले व्यहोर्नु परेको कच्चा पदार्थ र तयारी वस्तुविचको समान भन्सारदरलाई फेरबदल गर्नुपर्ने बताउदै आगामी २ बर्षमा विदेशी जुत्ता चप्पललाई नेपालबाट पूर्ण रुपमा विस्थापित गर्दै स्वदेशी जुत्ता चप्पलद्वारा देश आत्मनिर्भर बन्ने जानकारी दिए । साथै छोटो समयमै उद्योगले प्राप्त गरेको सफलतालाई आगामी दिनमा कायम राख्न अझ बढी मिहिनेत गर्ने चुनौती थपिएको र निकट भविष्यमा जापान र मलेशियामा रन ब्राण्डका जुत्ता चप्पल निर्यात गर्न लागीएको जानकारी गराए । कार्यक्रममा नेकपा एमालेका सभासद् शेरबहादुर तामाङ्ग, सिन्धुपाल्चोक नेपाली काग्रेसंका सचिव कृष्ण प्रसाद न्यौपाने, फुटवयर म्यानुफ्याक्चरर एशोशिएसनका अध्यक्ष रविन श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुले रन सुजको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरे । वार्षिकोत्सव कार्यक्रममा रन सुज इण्डष्ट्रिजमा यो वर्ष उत्कृष्ठ कार्य गर्ने विभिन्न तह र क्षेत्रका कर्मचारीहरुलाई नगद तथा प्रमाणपत्रसमेत वितरण गरियो साथै वार्षिकोत्सवको अवसरमा कम्पनीको फ्याक्ट्री परिसर धुन्चेपाखा, भक्तपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा कम्पनीका अध्यक्ष, कर्मचारी लगायत स्थानीय गरी २०० जनाले रक्तदान गरेका थिए । रन सुज इण्डष्ट्रिज को स्थापना धेरै वर्षको अनुसन्धान र अनुभव पछि करिब ४ वर्ष अगाडी राजधानीको पेप्सीकोलामा भएको हो । यस उद्योगको विधिवत रुपमा दर्ता भने २०६७ चैत्र १४ गते भएको थियो भने जुत्ता उत्पादन भने २०६८ सालको बैशाख महिना देखि शुरु गरेको थियो । हाल यस् रन सुज ई. प्रा लिले देशका अधिकांश सहरहरुमा आफ्नो उत्पादन बिक्री एवं बितरण गर्दै आइरहेको छ । यस उद्योगले देशका ७५ वटा जिल्लामा आफनो उच्च गुणस्तरीय तथा लोकप्रिय ब्रान्ड रनको जुत्ता चप्पल उत्पादन तथा बिक्री गर्दै आएको छ । यस उद्योगले यसै वर्षको शुरुवात देखि सेना, प्रहरी तथा अन्य क्षेत्रका सुरक्षाकर्मीहरुले प्रयोग गर्ने डिएमएस बुट दैनिक ७०० जोर उत्पादन गर्दै आएको छ । \"run डि एम एस् बूट को उत्पादन ललितपुरको टिकाथलीस्थित कारखानाबाट सुरु गरी बिक्रि वितरण गर्दै आएको छ । रन ब्राण्डका जुत्ता तथा चप्पलहरु विभिन्न उमेर समुहका व्यक्तिहरुलाई मध्य नजर गरि तयार गरिएको हुँदा बजारमा सजीलै बिक्रि हुदै आएको छ । रनको जुत्ता तथा चप्पलहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिदैं आएको छ । उद्योगले हाल ६५० भन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्टस् शुज, क्याजुअल शुज, स्कुल÷कलेज शुज, चप्पल उत्पादन गर्दै आएको छ । यी सबै मोडल र डिजाईनका जुत्ता तथा चप्पलहरु देशभरका आउटलेटहरुमा उपलब्ध गराउदै आएको छ । रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, बाग्लुङ्ग, धनगढी, नेपालगञ्ज, ईटहरी, भोजपुर लगायतका स्थानहरुमा ७ वटा र उपत्यका भित्र ५ वटा गरी जम्मा १२ वटा आधिकारिक शोरुम रहेको छ । यस उद्योगले करिव २५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ भने हजारौ जनालई अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । उद्योगले अन्तराष्ट्रिय स्तरको गुणस्तर मापदण्डको आधारमा दिईने आइ. एस. ओ. ९००१ः२००८ अवार्ड समेत प्राप्त गरिसकेको छ । यसै क्रममा रन सुज ईण्डष्ट्रिजले स्वचालित पियू प्लान्टबाट ४००० जोर जुत्ता चप्पल उत्पादन गरिरहेको छ । यो पियु प्लान्टबाट उद्योगले सबै उमेर समुहका युवा, युवती, वृद्ध, वृद्धा, वाल, वनिताहरुको चाहना र क्रय शक्तिलाई ध्यान दिई बजारमा विक्रि वितरण गरिनेछ । यस उद्योगले निकट भविष्यमानै स्पोर्टस् सुज उत्पादन गर्ने प्लान्ट समेत लगाउने योजना रहेको छ । स्थापनाको छोटो समयमा नै उपभोक्ताहरुको मन जित्न सफल रन शुज हाल नेपाली जुत्ता बजारमा एक अग्रणी ब्राण्डको रुपमा स्थापित भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending