Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

एकताको गोलचक्करमा फस्यो वैद्य माओवादी, एकताभन्दा बढी विभाजनको खतरा

\"kiran=badal\" काठमाडौं । एकीकृत नेकपा माओवादी संसधनवादमा फसेको भन्दै चार वर्षअघि विभाजित भएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी फेरि पुनः एकताको गोलचक्करमा फस्दै गएको छ । ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशा अघि सार्दै वैद्य नेतृत्वमा गठन भएको नेकपा–माओवादी यतिबेला भने परि थापा नेतृत्वको नेकपा (एकीकृत)सँग एकता गरी नेकपा क्रान्तिकारी माओवादी बनेको छ । दोस्रो संविधानसभाको चुनाव अघि नै एमाओवादीबाट विभाजित भएको वैद्य माओवादीले दोस्रो संविधानसभालाई नै सशक्त बहिष्कार गरेको थियो । तर बहिष्कारका बाबजुद चुनाव सम्पन्न भइ दोस्रो संविधानसभाले नै नयाँ संविधान जारी गरेपछि वैद्य माओवादीको राजनीतिक शक्ति कमजोर बन्न पुगेको छ । एमाओवादीबाट अलग भएर पनि क्रान्तिको बाटो पहिल्याउन नसकेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ पनि वैद्य माओवादीबाट अलग भएपछि राजनीतिक एजेण्डामै संकट परेको अवस्था छ । पार्टी संगठन झनै कमजोर हुँदै गएपछि पटकपटक विभिन्न मन्त्रीको स्वाद समेत चाखिसकेका वैद्य माओवादीका नेताहरु अहिले पछुतो मानिरहेका छन् । आफूहरु नै सच्चा क्रान्तिकारी भएको भन्दै एमाओवादीबाट अलग भइ नयाँ पार्टी बनाए पनि पार्टी झनै कमजोर भएपछि उनीहरु नयाँ राजनीतिक बहस छाडेर एकताको बहसमा चलाइरहेका छन् । तर विगतमा एमाओवादीमाथि गम्भीर आरोप लगाएर छुट्टिएका वैद्यहरु अब के आधारले एकता गर्ने भन्ने अन्यौलमा छन् । अध्यक्ष वैद्य सिद्धान्तनिष्ठ एकता मात्र सम्भव हुने बताएका छन् भने विगतमा लाभका पद लिएका नेताहरु भने विनशर्त एकता गर्नुपर्ने पक्षमा छन् । पार्टी एकताकै विषयमा नेताहरुबाटै विभिन्न अभिब्यक्तिहरु सार्वजनिक भएपछि यसलाई निकास दिन भन्दै वैद्य माओवादी तीनदिनदेखि छलफलमा जुटेको छ । एकताको एकमात्र एजेण्डामा छलफल गर्न बोलाइएको विशेष केन्द्रीय समितिको बैठकमा एकताको विषयमा वैद्यको दस्तावेजका साथै सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ ले छुट्टै दस्तावेज पेश गरेका छन् । बादलले फरक दस्तावेज पेश गरेपछि एकताको विषयमै पार्टीमा दुई लाइन संघर्ष चर्किने सम्भावना बढेको छ । एक सय ९९ जनाको केन्द्रीय समितिमा नेताहरु वैद्य–वादलको दस्तावेजमा गुटबन्दी थालेका छन् । वैद्य माओवादी मात्र होइन, झण्डै आधा दर्जन टुक्रामा विभाजित सबै माओवादीहरु विभाजनले माओवादी शक्ति नै कमजोर भएको निश्कर्षमा पुगेका छन् । विभाजनले जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको भन्दै फेरि एक भएर अघि बढ्नुपर्ने सबै नेताहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending