Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

वैद्यको जोड पार्टी एकता भन्दा राष्ट्रिय सम्मेलनमा बढी

\"cpn-maoist-1\" काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले पार्टी एकता भन्दा बढी राष्ट्रिय सम्मेलनमा जोड दिएका छन् । शुक्रबारदेखि शुरु भएको केन्द्रीय समितिको आकस्मिक बैठकमा उनले पेश गरेको राजनीतिक प्रस्तावमा पार्टी एकतालाई भन्दा बढी राष्ट्रिय सम्मेलनलाई जोड दिएका छन् । उनले पार्टी एकताबारेमा देशब्यापी रुपमा विभिन्न भ्रम फैलिएका कारण पनि स्पष्ट हुनका लागि आकस्मिक बैठक आह्वान गरिएको उल्लेख गरेका छन् । क्रान्तिकारी माओवादी अध्यक्ष वैद्यले आफ्नो राजनीतिक दस्तावेजमा पार्टीको आगामी कार्यभार उल्लेख गर्दै चैतको पहिलो साता राष्ट्रिय सम्मेलन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । केन्द्रीय सचिवालयको बैठकको निर्णय अनुसार राष्ट्रिय सम्मेलनको तयारीसित सम्बन्धित सबै कामलाई तुरुन्त अगाडि बढाउनुपर्ने वैद्यले जनाएका छन् । त्यसैका निम्ति छिट्टै सचिवालय समितिको बैठक आह्वान गरिने समेत वैद्यले स्पष्ट गरेका छन् । कार्यदिशाको विवाद पनि राष्ट्रिय सम्मेलनबाटै वैद्यले पार्टीमा पछिल्लो समयमा देखिएको राजनीतिक कार्यदिशाको विवाद पनि राष्ट्रिय सम्मेलनबाटै हल खोजिनुपर्ने बताएका छन् । ‘मालेमावादको पथ प्रदर्शनमा ठोस अध्ययन तथा समीक्षा गरी पार्टीको राजनीतिक तथा सामरिक कार्यदिशा, कार्यक्रम तथा नीतिको परिमार्जन, समृद्धिकरण तथा विकास गर्न आवश्यक भएको कुरालाई आत्मसाथ गरेर नै आश्विनको पहिलो साता राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय लिइसकेका छौं,’ वैद्यले आफ्नो दस्तावेजमा भनेका छन्, ‘राजनीतिक कार्यदिशा विवादको विषयबारे राष्ट्रिय सम्मेलनबाटै समाधान खोज्नु सहि हुन्छ ।’ एकताबारे वार्ता टोली बनाउन प्रस्ताव क्रान्तिकारी माओवादी अध्यक्ष वैद्यले विभिन्न पार्टीसँगको एकताको लागि निश्कर्षमा पुग्न पार्टी भित्रै वार्ता टोली बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । वार्ता टोली बनाउनका लागि पनि छिट्टै सचिवालय समितिको बैठक बोलाइने उनले उल्लेख गरेका छन् । राष्ट्रियता जनतन्त्र, जनजीविका लगायतका विषयमा समान समझदारी कायम गरी सबै माओवादी प्रगतिशील, बामपन्थी शक्तिहरुकाबीचमा मिल्न सकिने विषयमा वृहत्त कार्यगत एकता र संयुक्त मोर्चा बनाएर जान आवश्यक भएको वैद्यले जोड दिएका छन् । पहिले पार्टी भित्रै एकता वैद्यले अन्य पार्टीहरुसँग एकता गर्नुअघि आफ्नै पार्टी भित्र एकता आवश्यक भएकोमा पनि जोड दिएका छन् । ‘अन्य शक्तिसित पार्टी एकता गर्नु पहिले आफ्नै पार्टीलाई एक ढिक्का बनाउन आवश्यक हुन्छ’, वैद्यले भनेका छन्, ‘सबैखाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध क्रान्तिकारी विचारको रक्षा गर्नु, पार्टीलाई एकतावद्ध तुल्याउनु र एकता संघर्ष तथा रुपान्तरित हुँदै केन्द्रिकृत अनुशासित तथा नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण गर्नु आवश्यक छ ।’ पार्टी एकताको सैद्धान्तिक, राजनीतिक एवम् सांगठनिक आधारबारे गम्भीर छलफल गरी तथा समान समझदारी बनाइ सहि निश्कर्षमा पुग्न पुनः आवश्यक देखिएको वैठक आह्वा गरिएको पनि वैद्यले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending