Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

कांग्रेस–एमालेको सरकार संविधान घोषणापूर्वकै सहमतिः प्रचण्ड

\"prachanda-tanahun-750\" तनहुँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान घोषणा गर्नुअघि नै कांग्रेस र एमालेको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको बताएका छन् । तनहुँको दमौलीमा शनिवार क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सोही सहमति अनुसार नै राष्ट्रिय सरकार गठन गरिने बताए । संविधान घोषणा पूर्व नेपाली काँग्रेस र नेकपा एमालेसँग एमालेकै नेतृत्वमा सरकार निर्माण गर्ने भन्ने समझदारी भएको उल्लेख गर्दै प्रचण्डले सोही सहमति अनुसार अहिलेको सरकारलाई नै राष्ट्रिय सरकार बनाउने बताए । सरकार फेर्ने आशय नभएको प्रष्टोक्ती कांग्रेससहितको राष्ट्रिय सरकार गठन गर्ने कुरा सरकार फेर्ने आसय नभएको उनले प्रष्ट्याए । अहिले संविधान कार्यान्वयन मुख्य चुनौती भएको भन्दै उनले संविधान कार्यान्वयनका लागि पनि कांग्रेससहितको सरकार आवश्कय भएको बताए । एमाओवादी अध्यक्ष प्रचण्डले अहिले राष्ट्रका सामु संविधान कार्यान्वयनका साथै भूकम्पमा क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणको चुनौति मुख्य रहेको बताए । ऋाफूले संविधान कार्यान्वयन, विकास निर्माण, स्थिरता र शान्तिको निम्ति बारंबार आवाज उठाईरहेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पश्चात भएको चीन भ्रमणले नेपालको आर्थिक विकासको निम्ति महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने जनतालाई अपेक्षा रहेको उनले बताए । चीन भ्रमणका क्रममा भएका सम्झौताले रणनीतिक महत्व राख्ने प्रचण्डले उल्लेख गरे । माओवादी धाराहरु एकठाउँमा आउनु जरुरी एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्र र राष्ट्रियताका निम्ति माओवादी शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए । ‘माओवादी धाराहरु एकठाउँमा नआई सुखै छैन’– उनले भने । प्रचण्डले मधेसको समस्या पनि छिट्टै नै टुंगो लगाइने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending