Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

गुहेश्वरीमा शुरु भयो बाग्मती महोत्सव

\"President_Bagmati काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बाग्मती सफाइ अभियानको एक सय ५० औं हप्तामा बाग्मती सफाइ अभियानमा सहभागी भएकी छन् । सफाइ अभियानमा सहभागी हुँदै उनले बाग्मती सफाइ अभियानमा जुट्न सबैलाई आग्रह गरिन् । उच्च सांस्कृतिक, धार्मिक र सभ्यताको धरोहर वागमती नदीको अस्तित्व सङ्कटमा परेकाले जीवन्त बनाउन सबै जुट्नुपर्ने उनले बताइन् । मुखमा माक्स र हातमा राताे पञ्जा लगाएर बाग्मती सफाइ अभियानमा सहभागी भएकी राष्ट्रपति भण्डारीसँग उपप्रधानमन्त्री विजय गच्छदारसहित अन्य मन्त्री, कर्मचारी तथा सर्वसाधारण सहभागी भएका थिए । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको आयोजनामा शनिवारदेखि गुह्येश्वरीमा सुरु भएको ‘वागमती महोत्सव’ उद्घाटन गर्दै उनले बाग्मती सफाइ अभियानमा जुट्न अपिल गरेकी हुन् । जन्मदेखि मृत्युसम्म सम्बन्ध राख्ने, भावनात्मक सम्बन्ध गाँसिएको वागमती नदीलाई स्वच्छ राख्नु सबै नेपालीको दायित्व भएको उनले बताइन् । वागमती स्वच्छ बनाउने अभियानमा आफू सधैँ लाग्नेसमेत उनले प्रतिबद्धता जनाइन् । वागमतीको जीवन्तता बचाइ राख्न प्राकृतिक चीजबीजको सङ्ग्रह गरेर वागमती सङ्ग्रहालय निर्माण गरिनुपर्ने आवश्यकतामाथि राष्ट्रपति भण्डारीले जोड दिइन् । वागमतीलाई पुर्खाले छोडेकै अवस्थामा पु¥याउनका विज्ञान र प्रविधिलाई जोडेर सरसफाइमा जुट्नुपर्ने राष्ट्रपति भण्डगारीको भनाइ थियो । सो अवसरमा प्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले वागमती नेपालको धर्म, संस्कृति सभ्यतालाई प्रतिनिधित्व गर्ने नदी भएकाले यसको सफाइमा सबै लाग्नुपर्ने बताए । सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले मानवकै अदूरदर्शी क्रियाकलापले वागमती जस्ता धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदामा ढल मिसाइएकाले सफाइमा पनि सबै जुट्नुपर्ने बताइन् । पूर्व मुख्यसचिव एवम् वागमती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौडेलले नदी फोहर बनाउनेले नै सफाइ नगरे नदीलाई प्राकृतिक अवस्थामा फर्काउन नसकिने भएकाले नागरिक टोलटोलबाट सफाइमा जुट्नुपर्ने बताए । विसं २०७० जेठ ५ गते शनिबारदेखि वागमती सफाइ महाअभियान सुरु भएको थियो । समिति परिसरमा निर्मित बाल उद्यानको पनि शनिवार राष्ट्रपति भण्डारीले उद्घाटन गरिन् । कार्यक्रममा ‘मेरो सपनाको वागमती’ शीर्षकमा आयोजना गरिएको उपत्यकाव्यापी कविता र चित्रकला प्रतियोगितामा विजेतालाई पुरस्कारसमेत वितरण गरिएको थियो । महोत्सवमा वागमतीसँग सम्बन्धित तस्बिर, चित्रलगायत ऐतिहासिक चीजबीजको प्रदर्शन गरिएको छ । महोत्वस आइतबारसम्म चल्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending