Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

तनहुँका मास्टरले बुझाए प्रचण्डलाई ज्ञापन

\"prachanda तनहुँ । तनहुँको आँबु खैरेनीस्थित एक विद्यालयका शिक्षकले एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । भूकम्पबाट क्षतिग्रस्त उक्त विद्यालयको पूनर्निर्माणको निम्ति आवश्यक पहल गरिदिन माग गर्दै मित्रता उच्च माविका प्रधानाध्यापकले ज्ञापनपत्र बुझाएका हुन् । गोरखाका खोपबहादुर कँडेलले एमाओवादी अध्यक्ष प्रचण्डलाई बुझाउँदै विद्यालय पुनर्निर्माणको पहल गरिदिन आग्रह गरे । गोरखावासीको समस्या सुनिसकेपछि आफ्नो धारणा राख्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भूकम्पले क्षतविक्षत भएको उक्त विद्यालयको पूनर्निर्माणको निम्ति पहल गर्ने विश्वास दिलाए । उनले देवीघाट पूल निर्माणको प्रक्रिया पनि अगाडि बढाईने आश्वासन दिए । राष्ट्रिय एकता आवश्यक प्रचण्डले संविधान कार्यान्वयन र पुनर्निर्माणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए । त्यसका लागि छलफल र संवादहरु भइरहेको भन्दै उनले आश्वस्त पार्ने प्रयास गरे । भूकम्पको सामना गर्न र संविधान निर्माण राष्ट्रिय एकताबाट सम्भव भएको उल्लेख गर्दै उनले अब फेरि संविधान कार्यान्वयन, पुनर्निर्माण र देशको उन्नतिको लागि राष्ट्रिय एकताको खाँचो रहेको चर्चा गरे । उनले खोपबहादुरले जनयुद्धकालमा गरेको सहयोगको प्रशंसा पनि गरे । उनले खोपबहादुरको माथिल्लो घर पार्टी हेडक्वाटर रहेको स्मरण समेत गरे । आफ्नो औपचारिक चीन भ्रमणका समयमा भएको ल्हासा–काठमाडौं–पोखरा–लुम्बिनी रेल लाइनको प्रस्ताव प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा सम्झौता भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending