Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

यस्तो छ प्रचण्डले वैद्यलाई पठाएको एकताको प्रस्ताव

\"Maoist_unity काठमाडौं । पार्टी एकताको सम्बन्धमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई पेजको प्रस्तावबारे मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकमा छलफल आरम्भ भएको छ । एकीकृत माओवादीसँगको एकताको विषयमा विभिन्न टिकाटिप्पणीहरु सार्वजनिक भएपछि वैद्य माओेवादीले आकस्मिक केन्द्रीय समिति पूर्ण बैठक बोलाएको हो । शुक्रबारदेखि ललितपुर कुपण्डोलस्थित नेवाः राज्य कार्यालयमा शुरु भएको केन्द्रीय समितिको पूर्ण बैठकमा प्रचण्डले पेश गरेको पार्टी एकता सम्बन्धी प्रस्तावबारे छलफल थालिएको हो । वैठकमा क्रान्तिकारी माओवादी अध्यक्ष वैद्यले ‘प्रतिक्रियावाद तथा संशोधनवादद्वारा तेर्साइएका चुनौतीहरुको सामना गरौ, पार्टीलाई एकतावद्ध तुल्याउँदै नयाँ जनवादी क्रान्तिको तयारीमा लागौं’ शीर्षकमा संक्षिप्त राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले वैद्यलाई बुझाएको पार्टी एकता सम्बन्धी प्रस्तावको जवाफ स्वरुप तयार पारिएको वैद्यको प्रस्तावसँगै वैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादलले पनि एकताबारे आफ्नो छुट्टै पूरक प्रस्ताव पेश गरेका छन् । पार्टी एकताकै विषयमा अन्तिम निर्णय गर्न भन्दै थालिएको वैद्य माओवादीको केन्द्रीय समितिको आकस्मिक बैठकमा प्रचण्डको प्रस्तावसँग मेल खाने प्रस्ताव वादलले पेश गरेका छन् । बादलको प्रस्तावमा वैद्य र प्रचण्डको प्रस्तावकोबीचबाट सहमति खोज्नुपर्ने उल्लेख छ । पार्टी एकतालाई सजिव रुपले अगाडि बढाउन बस्तुगत आवश्यकताको बोध गर्नुपर्नेमा एमाओवादी अध्यक्ष प्रचण्डले जोड दिएका छन् । उनले आफ्नो प्रस्तावमा सिद्धान्तका सामान्य प्रस्तावानामा सहमत हुनु मात्र प्रयाप्त नहुने भन्दै मुल राजनीतिक कार्यदिशा, रणनीति, कार्यनीति एवम् कार्यशैली र आचरणमासमेत न्युनतम एकरुपता आवश्यक हुने बताएका छन् । एकताका प्रमुख विषयहरु एमाओवादी अध्यक्ष प्रचण्डले एकताको प्रमुख विषयका रुपमा वर्तमान राज्यसत्ताको स्वरुप, वर्तमान संविधानको विषय र जनवादी समाजवादी क्रान्तिबारेमा उल्लेख गरेका छन् । उनले वर्तमान राज्यसत्ताको स्वरुपलाई दलाल एवम् नोकरशाही पूँजीपति वर्गका साथै कमजोर बनिरहेको सामन्तवर्गसमेतको राज्यसत्ताको रुपमा रहेको औंल्याएका छन् । सडक, सदन र सरकारका सबै मोर्चाबाट हस्तक्षेप बढाउँदै एक निश्चित विन्दुमा बल प्रयोगसहित जनताको निर्णायक विद्रोहबाट मात्र राज्यसत्ताको चरित्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने भन्दै प्रचण्डले पार्टीले सम्पूर्ण क्रियाकलाप र तयारीलाई केन्द्रित गर्नुपर्ने उल्लेख गरेका छन् । संविधानसभाबाट हालै जारी गरिएको संविधानबाट जनयुद्ध र जनआन्दोलनद्वारा अगाडि ल्याइएका केही महत्वपूर्ण राजनीतिक मुद्दाहरु सम्बोधन भएको प्रचण्डले जनाएका छन् । संविधान जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी भन्दै प्रचण्डले यसको स्वामित्व पनि माओवादी आन्दोलनले नै लिनुपर्ने ठहर गरेका छन् । संविधानका उपलब्धीको पक्षपोषण र गलत पक्षका विरुद्ध संघर्ष गर्ने नीति लिएर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको प्रचण्डले औंल्याएका छन् । जनयुद्ध लगायतका आन्दोलन, विभिन्न समयका सुधारवादी आन्दोलन एवम् विकासका स्वभाविक प्रक्रियासमेतबाट नेपाली समाजमा महत्वपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनहरु भइरहेको प्रचण्डले वैद्य माओवादीसँगको एकता प्रस्तावमा उल्लेख गरेका छन् । \"prachanda
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending