Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

स्ववियु निर्वाचन बैशाखमा गर्ने तयारी

\"sOBIYAUकाठमाडाैं ।  त्रिभुवन विश्वविद्यालयले वैशाखको तेस्रो साता स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन गर्ने तयारी गरेको छ।

विभिन्न विद्यार्थी संगठनहरुसँगको संयुक्त छलफलमा यस विषयमा छलफल भएको थियो । विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले अब बस्ने पदाधिकारी बैठकबाट स्ववियु निर्वाचनको मिति तोकिने बताइन्।

छलफलपछि उनले भनिन् ‘हामीले विद्यार्थी संगठनहरुसँग छलफल गर्‍यौँ, निर्वाचन गर्नुपर्छ भन्नेमा सबै संगठन सहमत छन्, । विश्वविद्यालय जुनसुकै हालतमा चुनाव गर्न दत्तचित्त छ, चाँडै पदाधिकारी बैठक बसेर मितिबारे निर्णय गर्छौँ।’

छलफलमा नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछाने, अनेरास्ववियुका सचिव आरसी लामिछाने र अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले पनि बैशाख तेस्रो साता स्ववियुको निर्वाचन गर्ने विषयमा छलफल भएको बताएका थिए ।

नेविसंघ प्रवक्ता लामिछानेले शिक्षाध्यक्षले बैशाख २० भित्र स्ववियु चुनाव गर्नेगरी मिति घोषणा गर्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको बताए ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले विगतको सहमति अनुसार पारित विधानमै टेकर चुनाव घोषणा गर्न सुझाव दिएको बताए ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले पनि बैशाख तेस्रो साताको तयारीमा विश्वविद्यालय रहेको जानकारी दिए।‘अविलम्ब चुनावको मिति तोक्नु पर्छ, चुनाव विश्वविद्यालयले गराउने हो, विद्यार्थी संगठनले भाग लिने होु, बस्नेतले भने, ुहामी चुनावका लागि तयार छौँ।’

त्रिविका रजिस्ट्रार प्रा डा डिल्ली उप्रेतीले शैक्षिक क्यालेन्डर प्रभावित नहुनेगरी परीक्षाको रुटिन मिलाएर बैशाखभित्रै चुनाव गरिसक्नुपर्ने बताए।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending