Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

ग्यास किन्न उपभोक्ता स्मार्ट कार्डः आपूर्तिमन्त्री पुन

\"supplyकाठमाडौं । आपूर्तिमन्त्री गणेशमान पुनले खाना पकाउने एलपी ग्यासका लागि उपभोक्ता स्मार्ट कार्ड प्रयोगमा ल्याउन सकिने बताएका छन् । भारतीय नाकाबन्दी अन्त्य भएको महिनौं हुँदा पनि ग्यास अभाव कायमै रहेको भन्दै आपूर्तिमन्त्री पुनले शुक्रबार आफ्नै मन्त्रालयमा गरेको अन्तरक्रियामा बोल्दै उनले उपभोक्ता स्मार्ट कार्ड प्रयोगमा ल्याउनेबारेमा छलफल भइरहेको बताए । सरोकारवालहरुसँगको बैठक बसेर यसबारेमा निर्णय लिइने उनले बताए । उपभोक्ता स्मार्ट कार्डको तत्कालीन र दीर्घकालीन महत्वका विषयमा निर्णय गरेर अघि बढ्ने उनले बताए । ग्यास आयात २५ देखि ३० हजार टन गरिने आपूर्ति मन्त्री पुनले ग्यास आपूर्ति यो महिनामा २५ देखि ३० हजार टन पुग्ने दावी गरे । गएको असोजमा ४ हजार टन मात्रै ग्यास आयात भएको थियो । आपूर्ति सुधार्न भारतसँग महिनामा ४० हजार टन ग्यास मागिएको उनले बताए । ग्यास आयात ३५ हजार टनसम्म आयात गर्न सकिने उनले बताए । १० हजार टनको ग्यासको भण्डार स्थापना गरिने अापूर्ति मन्त्री पुनले पाँचखालका १० हजार टनको ग्यासको भण्डार स्थापना गर्न लागिएको पनि जानकारी दिए । ग्यास बिक्रेता संघका नेताहरुले भने नाकाबन्दीकाबेला अनुमतिबिनाका उद्योगहरुले २० लाख नयाँ सिलिण्डर बजारमा ल्याएको दाबी गरे । ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले अनुमतिविनाका ग्यास सिलिण्डर ल्याइँदा समेत कारबाही नभएको आरोप लगाए । नाकाबन्दीकै कारण नयाँ सिलिण्डरहरु बजारमा ल्याउने मौका पाएको उनको भनाइ थियो । नियमक निकायले अनुगमन नगर्दा कालाबजारी मौलाएको उनले बताए । छलफलमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको उपस्थिति थियो । उनीहरुले आएको ग्यासको न्यायोचित वितरण नहुँदा समस्या भएको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending