Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

उत्तर कोरियाले दक्षिण कोरिया ध्वस्त पार्ने, अमेरीकालाईपनि नछोड्ने

\"north-korea-military-parade-super-169-750\"   काठमाडौ ।   उत्तर कोरियाले दक्षिण कोरियालाई ध्वस्त पार्ने धम्की दिएको छ । अमेरिकाद्वारा संयुक्त रूपमा गरिएको सैन्य अभ्यासको बदलामा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय खरानी बनाउने चेतावनी दिएको हो । उत्तर कोरियाले आफ्नो सेना दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हाय प्रशासनलाई हटाउन युद्ध गर्न तयार भएको दाबी गरेको छ । कोरियाको शान्तिपूर्ण एकीकरणका लागि बनाइएको समितिका तर्फबाट यस्तो जानकारी दिइएको छ। उत्तरकोरीयाले युद्धको सुरुवात चोङवाडेईस्थित राष्ट्रपति कार्यालय र यसको आसपासका क्षेत्रबाट गर्ने कडा धम्की दिएको छ। उत्तर कोरियाका अनुसार उसले एकपटक लार्ज क्यालबर मल्टिपल रकेट लन्चरको बटन दबाउनेबित्तिकै दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय कार्यालय खरानीको थुप्रो हुने दाबी गरेको छ। गत सोमबार उत्तर कोरियाका नेता किम जुङ उनले यो नयाँ लार्ज क्यालिबर मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका थिए। मार्च महिनामा उनले दुईपटक नयाँ विकसित हतियारको परीक्षणको अवलोकन गरेका थिए। अमेरीकालाई पनि नछोड्ने उत्तर कोरियाले अमेरिकाको पछिल्लो गतिबिधि बिरुद्ध कडा प्रतिकार गर्ने भउको छ । उत्तर कोरियाविरुद्धमा पछिल्लो समयमासंयुक्त राष्ट्रसंघले नै लगाएको नाकाबन्दीका विरुद्ध फेरि अर्को परीक्षणको तयारी गरिरहेको जनाइएको छ। दक्षिण कोरियाली सरकारका प्रवक्ता ज्योन जुन हीले उत्तर कोरियाले पाँचौंपटक यस्तो परीक्षण गर्दै गरेको जानकारी पाएको खुलासा गरेका थिए । उत्तर कोरियाले गत फेब्रुअरी ६ मा गरेको लामो दूरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ। दक्षिणमा उच्च सैनिक सतर्कता दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हाले सेनालाई उच्च रूपमा सतर्क रहन बिहीबार निर्देशन दिएकी छन्।उत्तर कोरियाले दक्षिण अर्को शक्तिशाली आणविक परीक्षण गर्नसक्ने संकेत प्राप्त भएको भन्दै आफ्नो सेनालाई उच्च सतर्कताका साथ प्रतिरक्षाका लागि तयार रहन निर्देशन दिएकी हुन् । उनले भनिन्, \'परिस्थिति असहज मात्र हो। यसले हामीलाई केही गर्दैन ।\' यद्यपी यस्तो अवस्थामा सतर्कता र सावधानी सबै पक्षबाट अपनाउनुपर्ने उनको धारणा छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending