Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

यस्तो थियो– फाँसीमा चढ्नु अघि भगतसिंहले अदालतमा दिएको बयान

\"bhagat-singh-3v समाजको एक प्रमुख अङ्ग मजदुर हो, तर आज मजदुरलाई उसको प्राथमिक अधिकारबाट समेत बञ्चित गरिएको छ । मजदुरको मेहनतको सम्पूर्ण कमाई शोषक पूँजीपतिले कब्जा गरेको छ । आज अन्नदाता किसानहरु एक दाना अन्नकालागि तड्पिरहेका छन् । दुनियाँभरको बजारमा कपडा बुन्ने मजदुरहरुले आफ्नो बच्चाको आङ ढाक्नेसम्म कपडा पाईरहेका छैनन् । सुन्दर महलहरुको निमार्ण गर्ने ज्यामीहरु स्वयम् गल्लीमा बसेर आफ्नो जीवन लीला समाप्त गरिरहेका छन् । यसको विपरित समाजका शोषक पूँजीपतिहरु मोजमस्तीको जिन्दगी बाँचिरहेका छन् । भयानक असमानता र जÞबरदस्ती लादिएको भेदभावले दुनियाँमा ठूलो उथल पुथललाई अघि बढाईरहेको छ । यो स्थिति धेरै दिनसम्म टिक्न सक्दैन । स्पष्ट छ की आजको धनी वर्ग समाजको एक भयानक ज्वालामुखीको मुखमा बसेर रंगरेलियाँ ( उश्रृङ्खल गतिविधि) खेलिरहेका छन् । शोषणका कारण करोडौं अबोध बालकहरु र शोषितहरु एक भयानक खड्गको धारमा हिडिँरहेका छन् ।
यही हो हाम्रो आदर्श, र यही आदर्शको प्रेरणाले हामीले यो कडा चेतावनी दिएका हौं ।
यो स्थितिलाई यदि नियन्त्रण गरिएन भने चाँडै दुर्घटना हुनेछ । देशलाई एउटा आमूल परिवर्तनको आवश्यकता छ र जो मानिसहरु यो कुरालाई महसूस गर्छन् उनीहरुको कर्तव्य हो साम्यवादी सिद्धान्तद्धारा समाजको पुर्ननिर्माण गर्नु । जबसम्म यो गरिदैन तबसम्म मानिसद्धारा मानिस र एक राष्ट्रद्वारा अर्को राष्ट्र शोषित भइरहन्छ । जबसम्म साम्राज्यवाद समाप्त हुँदैन तबसम्म मानवता र उसको दुःखबाट छुटकारा पाउन असम्भव छ र तबसम्म युद्धलाई समाप्त गरेर विश्वशान्तिको युगमा जाने कुरा फगत ढोंग सिवाय अरु केही हुन सक्दैन । क्रान्तिबाट हाम्रो उदेश्य अन्ततोगत्वा एउटा यस्तो समाज व्यवस्थाको स्थापना हो जहाँ यस प्रकारकोे संकटहरुबाट मुक्ति मिल्छ र सर्वहारा वर्गको आधिपत्य सर्वमान्य हुनेछ । त्यहीँबाट स्थापित हुने विश्वबाट पीडित मानव समुदायले पूँजीवादको बन्धन र साम्राज्यवादी युद्धको दवदवाबाट छुटकारा पाउनेछन् । यही हो हाम्रो आदर्श, र यही आदर्शको प्रेरणाले हामीले यो कडा चेतावनी दिएका हौं । तर यदि हाम्रो यो चेतावनीमाथि ध्यान दिइएन भने वर्तमान शासन व्यवस्था मजबुत भएर जनशक्तिको बाटोमा अवरोध भएर आउने छ । तब क्रान्तिको यो आर्दश पूर्ति गर्नकालागि एक भयंकर युद्ध सञ्चालन गर्नु अनिवार्य हुनेछ । सबै बाधाहरु पछि युद्धको फलस्वरूप सर्वहारा वर्गको अधिनायकतन्त्र स्थापना हुनेछ । यही अधिनायकतन्त्रले क्रान्तिको आदर्श पुर्तिको लागि मार्ग प्रशस्त गर्नेछ ।
क्रान्ति मानव जातिको जन्मजात अधिकार हो । जसको अपहरण कसैले गर्न सक्दैन । स्वतन्त्रता प्रत्येक मनुष्यको जन्मसिद्ध अधिकार हो । श्रमिक वर्ग नै समाजको वास्तविक पोषक हो ।
क्रान्ति मानव जातिको जन्मजात अधिकार हो । जसको अपहरण कसैले गर्न सक्दैन । स्वतन्त्रता प्रत्येक मनुष्यको जन्मसिद्ध अधिकार हो । श्रमिक वर्ग नै समाजको वास्तविक पोषक हो । जनताको सर्वोपरी सत्ताको स्थापना श्रमिक वर्गको अन्तिम लक्ष्य हो । यो आदर्श र विश्वासका लागि हामीलाई जुनसुकै दण्ड स्विकार्य छ । हामी ती दण्डहरुलाई सहर्ष स्वागत गर्नेछौं । क्रान्तिको यो पूजावेदीमा हामी आफ्नो यौवन नैवेद्यको रूपमा लिन्छौं । किनकी यस्तो महान आदर्शको लागि ठूला ठूला त्यागपनि कम हुन्छ । हामी सन्तुष्ट छौं र क्रान्तिको आगमनको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छौं । (अंग्रेजले शासन गरिरहेको भारतको सदनमा बम पड्काएपछि ६ जून १९२९ मा दिल्लीको अदालतमा भगतसिंहले दिएको बयानको एक अंश) स्रोतः मजदुर विगुल अनुवादः खबरडबली
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy