Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

ट्राफिक दाइ, माइक्रोमा कति यात्रु बोक्न पाइन्छ ?

\"heoce काठमाडौं । काठमाडौंका अधिकांश रुटमा हाइस ‘माइक्रो’ सञ्चालन हुन्छ । राजधानीमा यात्रु बोक्ने हाइसमा १३ जना यात्रु बोक्ने सिट क्षमताको हुन्छ । १३ जना यात्रु बोक्ने सिट क्षमताको हाइसले कतिसम्म यात्रु बोक्छ होला ? तपाईलाई लाग्ला, १५/२० जना सम्म बोक्छ होला । तर तपाईँको अनुमान मिल्दैन । राजधानीमा सञ्चालनमा रहेका १३ सिट क्षमता भएको हाइसले ३० देखि ३५ जना यात्रुसम्म पनि कोच्ने गर्दछ । यो गाडी सानो हुने भएकाले उभिएर यात्रा गर्न पनि उचित हुँदैन । ट्राफिक नियमअनुसार सिट भन्दा बाहिर यात्रु राख्न पाइँदैन । तर राजधानीमा यात्रुको चाप बढी हुने भएकाले ठूला बसहरुमा यात्रु उभिएर यात्रा गर्नु त्यति असहज हुँदैन तर उभिन समेत नमिल्ने माइक्रोमा भेडाबाख्राजस्तो मान्छेलाई कोंचेर यात्रु ओसार्दासमेत सम्बन्धित निकायले कुनै वास्ता गर्दैन । ट्राफिक नियम पालना नभएको भन्दै चोकै पिच्छे खटिने ट्राफिक प्रहरीले जरिवाना काट्ने गर्दछन् । ‘नो पार्किङ’ मा रोकिएको अवस्थामा, ढोका खुल्ला राखेको, सिट बेल्ट नबाँधेको, गाडी चलाउँदा मोबाइलमा कुराकानी गरेमा जरिवाना काट्ने गर्दछ । तर नियम विपरीत गाडीमा यातना दिएर मान्छे कोंच्दा भने ट्राफिक प्रहरीले देखेको नदेखेझैं गर्दछन् । कुनै पनि यात्रुलाई सिटभन्दा बाहिर उभिएर यात्रा गराएमा कारबाही गरिने ट्राफिक प्रहरी बताउँछ । साना माइक्रो बस तथा हाइसमा मात्र होइन, ठूला बसमा समेट उभिएर यात्रा गराएका कारवाही हुने प्रहरी प्रवक्ता माधवप्रसाद जोशीले बताउँछन् । सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने भए पनि प्रहरीले नाकाबन्दीका बेला इन्धन अभावले गाडी कम चलेको भन्दै छतमा झुण्डिएर यात्रा गर्नेसमेत छुट दिएको थियो । तर यातायात ब्यवसायीहरुले त्यसैको दुरुपयोग गर्दै उभिनै नमिल्ने माइक्रोमा जबर्जस्ती यात्रु कोंचेर चलाइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending