Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

यस्तो न्यायालयलाई कसरी स्वतन्त्र भन्ने ?

\"Supreme_Court\"काठमाडौं । कुनै पनि न्यायापालिकालाई स्वतन्त्र न्यायपालिका भनिन्छ । तर न्यायालय विगतका वर्षहरुदेखि नै कुनै न कुनै विषयमा विवादित बन्दै गएको छ । न्यायालयको पछिल्लो घटनाक्रमहरुले न्यायालय स्वतन्त्र हुन नसकेको पुष्टी हुँदै आएको छ । न्यायपरिषदले सर्वोच्च अदालतमा रिक्त रहेका ११ न्यायाधीस सिफारिसमा राजनीतिक आस्थाका आधारमा गरेपछि न्यायालय पुनः विवादमा मुछिएको छ । प्रधानन्यायाधीस कल्याण श्रेष्ठले प्रधानन्याधीसको पदभार ग्रहण गर्दै गर्दा आफूले न्यायपालिकामा कुनै पनि राजनीतिक प्रभाव पर्न नदिने प्रतिवद्धता जनाएका थिए । तर उनले सरकारको नेतृत्व गरेको नेकपा नेकपा एमालेको प्रभावमा परेर एमालेकी पूर्व सभासदसमेत रहेकी सपना प्रधान मल्लसहित ११ जनालाई न्यायाधीसका लागि सिफारिस गरे । न्यायपालिकालाई राजनीतिक प्रभाव हुन नदिने भन्ने प्रधानन्यायाधीसले पार्टीका सभासदसमेत भइसकेको ब्यक्तिलाई न्यायाधीस सिफारिस गरिएपछि संशय पैदा भएको हो । दुई सदस्य रिक्त रहेको न्यायापरिषदले एमालेकी पूर्वसभासद सपना प्रधान मल्ल, एमाले समर्थक पूर्व बार एशोशियसनका अध्यक्ष हरिकृष्ण कार्की, नेपाली कांग्रेसको कोटाबाट प्रकाशमानसिंह राउत र अनिल सिन्हा तथा पुनरावेदन एवं न्याय सेवाबाट शारदा घिमिरे, मीरा खड्का, केदार चालीसे, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा र आनन्द मोहनलाई न्यायाधीसका लागि गरेको छ । दशवर्षे जनयुद्ध हुँदै माओवादी शान्ति प्रक्रियामा आएपछि द्वन्द्वकालिन मुद्दाहरुलाई एकपछि अर्को गर्दै ब्युताउँने काम न्यायलयले नै गरेको छ भने अर्कोतर्फ सर्वोच्चका न्यायाधीसमा पनि राजनीतिक आस्थाका आधारमा भागबण्डा गर्न थालिएपछि स्वतन्त्र न्यायलयमाथि नै आशंका उब्जिएका छन् । सर्वोच्चमा रिक्त न्यायाधीसहरु नियुक्ति गर्नुपर्ने भए पनि सिफारिस गर्दा विचार नपुर्याउँदा विवाद उत्पन्न भएको बार एशोसियसनका पूर्व महासचिव तथा अधिवक्ता रमण श्रेष्ठ बताउँछन् । दलीय प्रणालीमा राजनीतिक आस्थाकै आधारमा अयोग्य भन्न नमिल्ने भए पनि न्यायाधीसमा अपूर्ण सिफारिस गरिएको तथा सिनियर जुनियरको समेत ख्याल नगरिएको श्रेष्ठको भनाइ छ । प्रधानन्यायाधीस श्रेष्ठले हालै जनयुद्धकालिन मुद्दालाईसमेत गैरराजनीतिक घटना भन्दै मुल्तबीमा रहेको ओखलढुंगा काण्डलाई समेत ब्युँताउने काम गरेका छन् । एमाओवादी ओखलढुंगाका इन्चार्ज तथा ओलखढुंगा–१ का पूर्व सभासद केशव राईसहित २४ जनाको मुल्तबीमा रहेका मुद्दालाई प्रधानन्याधीस श्रेष्ठले जिल्ला अदालतमा पठाइदिएका छन् । प्रधान न्यायाधीश कल्याण श्रेष्ठ, बरिष्ठ न्यायाधीश सुशीला कार्की र कानुन मन्त्री अग्नि खरेल सदस्य रहेको अधुरो न्यायपरिषदले गरेको न्यायाधीस सिफारिसलाई सभामुख ओनसरी घर्तीले संसदीय सुनुवाइ हुने अवस्था नरहेको अवस्थामा भन्दै फिर्ता पठाउँदा कानून विपरित भन्ने प्रधानन्यायाधीस श्रेष्ठको खेल अर्को झेल भएको एमाओवादी नेताहरुको तर्क छ । स्रोतकाअनुसार सर्वोच्च अदालतको न्यायधीशमा तुलसी भट्ट र न्याय परिषद् सदस्यमा चण्डेश्वर श्रेष्ठलाई एमाओवादीले सिफारिस गरेको थियो । प्रधानन्यायाधीसमा ११ जनाको नाम सिफारिस गर्दा एमाओवादीका तर्फबाट अनुमोदित वरिष्ठ अधिवक्ता भट्टलाई हटाइएपछि एमाओवादी रुष्ट बनेको स्रोतको भनाइ छ । न्यायाधीस सिफारिसमा राजनीति ब्यक्ति हुनै नहुने भन्ने नभएको तर सबै पार्टीलाई समान ढंगले हेर्नुपर्ने माओवादी सम्बद्ध अधिवक्ताहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending