Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

प्रभावकारी भूमिकाका लागि जोड दिँदै सार्क मन्त्रिपरिषद् बैठक सम्पन्न

\"SAARC-meeting\"पोखरा । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को ३७औँ मन्त्रिपरिषद् बैठक भव्य रुपमा पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको छ । नेपालको इतिहासमै पहिलोपटक राजधानी काठमाडौँबाहिर सम्पन्न यो सम्मेलनमा विभिन्न महत्वपूर्ण विषयमा छलफल भई केही महत्वपूर्ण निर्णयसमेत भएका छन् । सार्क स्थापनाका उद्देश्य हासिल हुन नसकेको तथ्यप्रति सबै सदस्य राष्ट्रको चासो यस पटक पनि व्यक्त भयो । यस क्षेत्रकै गरिबी निवारण र विकासका लागि यो क्षेत्रीय मञ्चको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सबै सदस्य राष्ट्रको जोड रह्यो । सार्क सधैँ ठूला राष्ट्रको छायामा पर्ने गरेको विगतदेखिको वास्तविकता यसपटक पनि छिप्न सकेन । अठारौँ सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री र पाकिस्तानी प्रधानमन्त्रीले हात मिलाएको विषयले विश्वव्यापी सञ्चारमाध्यममा चासो पाएकामा यसपटक पनि भारतीय विदेश मन्त्री सुष्मा स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सरताज अजिजबीचको द्विपक्षीय भेट सबैको चासो र चर्चाको विषय बन्यो । मन्त्रिपरिषद् बैठकभन्दा पनि सबैको ध्यान आकृष्ट गरेको यो भेटघाटमा विदेशमन्त्री स्वराजले अजिजसँग यस क्षेत्रमा भारत–पाकबीच सहकार्यको आवश्यकता औंल्याइन । भेटघाटपछि अजिजले दुई पक्षीय भेटघाटमा दुवै देशबीच महत्वपूर्ण कुराकानी भएको प्रतिक्रिया दिएका थिए । मन्त्रिपरिषद्को बैठकको उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रमा विद्यमान गरिबी यस क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो शत्रु भएको बताए । गरिबी निवारणका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्न आपसी समन्वय अपरिहार्य भएकामा जोड दिएका थिए । भारतीय विदेशमन्त्री स्वराजले सार्क राष्ट्रबीचको समन्वय एवम् सहकार्यले यस क्षेत्रको समृद्धि र विकास सम्भव हुने बताए । नेपालका उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले भने, ‘यस क्षेत्रको आर्थिक विकास र गरिबी निवारणका लागि सार्कको प्रभावकारी भूमिका हुनुपर्नेमा सबै सदस्य राष्ट्रबाट जोड दिइएको छ ।’ बैठकले सार्कको १९औँ सम्मेलन २०१६ को नोभेम्बर ८, ९ र १० तारिखमा पाकिस्तानमा गर्ने निर्णय गरेको छ । बैठकले सार्क विपद् व्यवस्थापन केन्द्र भारतको राजधानी नयाँ दिल्लीमा राख्ने निर्णय गरेको छ भने प्राकृतिक व्यवस्थापन केन्द्रलाई पाकिस्तानको इस्लामावादमा रहेको ऊर्जा केन्द्रसँग गाभ्ने निर्णय गरेको छ । सार्क सम्मेलनको निरन्तरताका लागि बैठकले प्रत्येक २ वर्षमा नोभेम्बर महिनामा सार्क शिखर सम्मेलन गर्ने निर्णय पनि गरेको छ । पाकिस्तानले वर्तमान सार्क महासचिव अर्जुनबहादुर थापाको पदावधि सकिएपछि जिम्मेवारी बहन गर्ने महासचिवको नाम प्रस्ताव गरेको र त्यसको आगामी सम्मेलनबाट अनुमोदन गरिने भएको छ । पोखरा बैठकमा सार्कको प्रभावकारी भूमिका स्थापित गर्ने, नेपालमा सफल भएको सामुदायिक वन कार्यक्रम सार्क राष्ट्रमा सञ्चालन गर्ने, यस क्षेत्रको गरिबी निवारण गर्ने, जलवायु परिवर्तन न्यून गर्ने, आठै राष्ट्रलाई जोड्ने यातायात सञ्जाल विस्तार गर्ने लगायतका महत्वपूर्ण विषयमा पनि छलफल भएको थियो । नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको अध्यक्षतामा सम्पन्न बैठकमा भारतका विदेशमन्त्री स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुन्या मैमुन, श्रीलङ्काका विदेशमन्त्री मङ्ला सामरावेरा, बङ्गलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाइ र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सरताज अजिज सहभागी भएका थिए । पोखरामा भएको यस किसिमको सम्मेलन यहाँको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण उपलब्धि भएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापाले बताए । सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न भएर यहाँका स्थानीयवासी, उद्योगी, पर्यटन व्यवसायी सबैमा उत्साह थपिएको उनको भनाइ थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending