Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

के भारतीय हस्तक्षेप सफल भएकै हो ? चीनसँग इन्धन सम्झौता नहुने !

\"Oilnigann-petrochina\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका एजेण्डाहरुमा इन्धन सम्झौताको एजेण्डा नपरेपछि भारतीय प्रभाव र हस्तक्षेपका कारण नपरेको भन्ने शंकालाइ थप बल मिलेको छ ।   प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुखैमा भारतीय विदेश सचिव जयशंकरले गरेको चलखेल, भेटघाट र छलफलपछि ओलीले इन्धनको एजेण्डा हटाएको भन्नेहरुको संख्या ह्वात्तै बढेको छ ।   ओलीको चीन भ्रमण र चीनसँग हुनसक्ने सम्झौताहरुलाई ख्याल गर्दै भारतले आफ्ना विदेश सचिव एस जयशंकरलाई पोखरामा हुने सार्क सचिवस्तरिय बैठकको दूई दिन अगावै नेपाल पठाएको थियो ।   जयशंकरले मधेसी नेता, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, कांग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छूट्टाछुट्टै भेटेका थिए । ओलीसँगको भेटमा जयशंकरले चीन भ्रमणमा नेपालको एजेण्डाका बारेमा समेत चासो राखेको र नेपाल भारतको सम्बन्धमा दरार ल्याउने कुनै एजेण्डा प्रवशे नगराउन आग्रह गरेका थिए ।   एक उच्च स्रोत भन्छ– जयशंकरले इन्धन निर्यातका लागी भारतबाट ल्याउने भनिएको पाइपलाइनका बारेमा समेत कुरा गरेका थिए । पाइपलाइन निर्माणका लागी तत्काल काम थाल्न समेत ओलीमाथि जयशंकरको दवाव रहेको थियो । मन्त्रीस्तरिय बैठकका लागी पोखरा आइपुगेकी भारतीय विदेशमन्त्री सुस्मास्वराजले ओलीसँगको भेटमा भारतलाई धक्का लाग्नेगरी कुनैपनि सम्झौता चीनसँग नगर्न समेत आग्रह गरेको बुझिन्छ ।   पाइपलाइन तत्काल थाल्न दवाव दिनुको उदेश्य चीनसँग हुनसक्ने सम्झौता रोक्नु रहेको अनुमान राजनीतिक नेताहरुले गरेका छन् ।   भारतको चर्को दवावका बाबाजुद ओलीको भ्रमणमा इन्धनको एजेण्डा यो समाचार लेख्दासम्म छैन । संविधान जारी गर्दाजस्तै भारतीय पक्षलाई चक्मा दिनेगरी बेइजिङ पुगेपछि ओलीले इन्धनको एजेण्डा उठाउन सक्छन् तर त्यो त्याति सजिलो छैन ।   एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डले  भने चीनसँग कुनै क कुनै रुपमा इन्धनबारे सम्झौता गर्नुपर्ने पक्षमा ओलीमाथि दवाव पारिरहेको एमाओवादीका एक नेताले बताए । ओली र प्रचण्डविच समझदारी भएको खण्डमा भने इन्धनको एजेण्डा बन्न पनि सक्छ ।   उसो त प्रचण्डले यसअघि नै ओलीको चीन भ्रमणले व्यापारमा भारतीय एकाधिकार तोडिने बताईसकेका छन् । तर ओलीले भारतीय दवावलाई थेग्न सक्छन् कि सक्दैनन् भन्ने कुराले चीन भ्रमणमा इन्धनको एजेण्डा के हुने भन्ने कुरा निर्भर गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending