Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

खाध्यन्नमा अत्याधिक विषादीका कारण क्यान्सर रोगी बढ्दै

\"pesticide-application\"इलाम । तरकारीलगायत खाद्य बालीमा विषादी प्रयोग गरेका कारण इलाममा गत वर्षको तुलनामा यो वर्ष क्यान्सर रोगीको सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार गतवर्षको तुलनामा इलाममा क्यान्सर रोगीको सङ्ख्या १९।१७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५९ जनामा क्यान्सर रोग भेटिएकोमा यो वर्ष ७३ जनामा क्यान्सर भेटिएको जिल्ला स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिए । यसमा ४९ महिला र २४ पुरुषलाई क्यान्सर देखिएको हो । कार्यालयका अनुसार सूर्योदय नगरपालिकामा नौ, इलाम नगरपालिकामा आठ, चुलाचुलीमा सात र दानावारी गाविसमा पाँचजनालाई क्यान्सर लागेको छ । यस्तै, अन्य गाविसमा पनि क्यान्सरका बिरामी रहेको कार्यालयले जनाएको छ । तरकारी खेतीमा विषादी प्रयोग गर्ने र विषादीयुक्त खाद्यान्न प्रयोग गरेका कारण क्यान्सर लागेको हुनसक्ने बताइएको छ । कार्सिनोजेनिक उत्पन्न गर्ने १५ थरीका विषादीमध्ये तरकारीमा धेरै विषादी प्रयोग हुने गरेको छ । सूर्योदय नपा तरकारीको पकेट क्षेत्र हो भने चुलाचुली र दानाबारीमा पनि खेतीमा विषादीको प्रयोग उच्च रहेको पाइन्छ । इलाम नगरपालिका तरकारी र खाद्य उपयोग गर्ने क्षेत्र हो । अन्य क्यान्सर रोगी पनि व्यावसायिक तरकारी खेती गर्ने गाउँमै बढी छन् । अन्य गाविस गोदक, दानाबारी, इभाङ, नामसालिङ क्यान्सर प्रभावित क्षेत्रको रूपमा देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । क्यान्सर पीडित जिल्ला स्वास्थ्य कार्यालयको सिफारिस लिएर पनि उपचारका लागि जाने गरेका छन् । यसबाहेक सोझै उपचारमा जानेको सङ्ख्या पनि उच्च रहेको कार्यालय प्रमुख पोखरेलले बताए । कार्यालयले मुटुका २० र मृगौलाका सातजना रोगीलाई निःशुल्क उपचारका लागि सिफारिस गरेको छ । मुटु र किड्नीका बिरामी भने पुरुष बढी छन् । ‘जटिल रोगको कारण खानपान मुख्य हो’, पोखरेलले भने , विषादी पनि हुनसक्छ ।’ इलाममा क्यान्सरको कारणबारे अनुसन्धान नभएको उनले बताए तर टमाटरजस्ता तरकारी नियमित प्रयोग गर्ने, विषादी प्रयोग गर्ने व्यक्तिमा क्यान्सरको असर देखिएको चिकित्सकहरू बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending