Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

मधेसीका माग सम्बोधन गर्न सबैको सहयोग चाइन्छ देउवा

\"\"

काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र प्रदेश सीमाङ्कनलगायत मधेसमा उठाइएका माग सम्बोधन गर्न पार्टीलाई सबैको सहयोग चाहिने बताएका छन् ।

पदभार ग्रहणकार्यक्रममा उनले पार्टी संस्थापक बिपी कोइरालादेखि पछिल्लो संविधान जारी गर्न नेतृत्वदायी भूमिका खेल्नुभएका सुशील कोइरालाको योगदानको चर्चा गर्दै उनीहरुले देखाएको बाटोमा अघि बढ्ने विश्वास दिलाए ।

पार्टीको १३औँ महाधिवेशनलाई कुशलतापूर्वक सम्पन्न गर्नुभएका निर्वतमान कार्यवाहक सभापति पौडेलका साथसाथै सम्पूर्ण मतदाता, राजनीतिक दल र शुभेच्छुकहरुप्रति उनले कृतज्ञता व्यक्त गरे ।

निवर्तमान कार्यवाहक सभापति पौडेलले पार्टीको १३औँ महाधिवेशनले नेपालको लोकतान्त्रिक विकासमा महत्वपूर्ण आयाम थपेको बताउँदै नयाँ संविधानको कार्यान्वयनका साथै मधेसी, थारुलगायतका समुदायको माग सम्बोधन गर्न र देशमा स्थायी शान्ति कायम गर्न पार्टीले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

राजनीतिक सङ्क्रमणको वर्तमान घडीमा संविधानको कार्यान्वयनको चुनौती सामना गर्न र पार्टीको गौरवमय इतिहासको जगेर्नाका साथसाथै पार्टीलाई दिगो बनाउन आफ्नो तर्फबाट सभापतिलाई निरन्तर सहयोग गर्ने वचनबद्धता पनि व्यक्त गरे ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा समितिका संयोजक राधेश्याम अधिकारी र समिति सदस्य गोपालप्रसाद घिमिरेले पार्टी सभापति, महामन्त्री, कोषाध्यक्ष तथा निर्वाचित केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरे ।

प्रमाणपत्र ग्रहण गरेलगत्तै पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरे।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending