Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

पूर्व उर्जामन्त्री ज्ञवालीलाई सर्बोच्चको सफाइ

\"radha_gwali\"काठमाडौं । पूर्व ऊर्जा मन्त्री राधाकुमारी ज्ञवाली लाई सर्वोच्च अदालतले सफाई दिएको छ ।चर्चित सोलु कोरिडर प्रसारण लाइन निर्माण काण्डमा मुछिएकी तत्कालीन उर्जामन्त्री ज्ञवालीसहित सबैलाई सर्बोच्चले सफाइ दिएको हो । सर्वोच्चका प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश पौडेलको संयुक्त इजलासले बुधबार यही काण्डमा निष्कासनमा परेका प्राधिकरणका सञ्चालकहरु मनोजकुमार मिश्रा, लक्ष्मणकुमार अग्रवाल र सुरज लामिछानेलाई पुनःबहाली गर्ने आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलु कोरिडरमा सार्वजनिक खरीद ऐनविपरीत निर्णय भएको अभियोग लगाउँदै तत्कालीन मन्त्रीसहित विभिन्न पदाधिकारीहरुलाई विभागीय कारबाही गर्न सरकारलाई गत असोज १ गते निर्देशन दिएको थियो । आयोगको निर्देशनअनुसार तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आफूले राजीनामा दिनु केही दिनअघि मन्त्री ज्ञवालीलाई बखास्त गरेका थिए । आयोगकै निर्देशनअनुसार ऊर्जा मन्त्रालयले दोस्रो नम्बरमा रहेको ठेकेदार कम्पनी मोहन इनर्जीलाई ठेक्का दिने पक्षमा निर्णय गर्ने सञ्चालकलाई निष्काशन गरेको थियो भने कर्मचारीहरुलाई स्पष्टीकरण सोधी विभागीय कारबाही गरिएको थियो । अख्तियार र सरकारको कारबाहीविरुद्ध पूर्व ऊर्जा मन्त्री ज्ञवालीले गत असोज १४ गते सर्वोच्चमा रीट दायर गरेकी थिइन् । सञ्चालकहरु अग्रवाल र मिश्राले पनि उक्त कारबाहीविरुद्ध सर्वोच्चमा रीट दिएका थिए । सर्वोच्चले मिश्रा र अग्रवाललाई निष्काशन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको फैसलापछि मूल्यांकन समितिले पहिलो नम्बर ठहर गरेको मोहन इनर्जीले ठेक्का पाउने बाटो पनि खुलेको छ । प्राधिकरणको गत भदौ ४ गते बसेको सञ्चालक समिति बैठकले भारतीय मोहन इनर्जीलाई दुई अर्ब रुपैयाँभन्दा बढीको ठेक्का दिने निर्णय गरेको थियो । उभन्दा २६ करोड रुपैयाँ कम कबोल गर्ने ज्यागबारलाई ठेक्का प्रक्रियाबाटै अलग गरिएको भन्दै आयोगमा उजुरी परेको थियो । सर्वोच्चमा ज्ञवालीका तर्फबाट अधिवक्ता दुलाल, हरि फुयाँल, शम्भु थापा र इश्वरीचन्द्र शर्माले बहस गरेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending