Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सशस्त्र प्रहरी बल इकाइमा सूचना अधिकृतको नाम, नम्बरसहितको साइनबोर्ड

\"APFकाठमाण्डाै । बल नेपालले सङ्गठनको सूचनामा सर्वसाधारणको पहुँचलाई विस्तार गर्न सूचना दिन तोकिएका आफ्ना अधिकृतको नाम, सम्पर्क नम्बर र तस्बिरसहितको साइन बोर्ड बलका सम्पूर्ण स्थायी इकाइमा देखिने गरी टाँस्न सुरु गरेको छ ।

सशस्त्र प्रहरी बलको सूचना अधिकारी तथा प्रवक्ता, सहायक सूचना अधिकारी तथा सहायक प्रवक्तालगायत सम्बन्धित एपिएफ इकाइका सूचना अधिकारीको सम्पर्क नम्बरसहितको उक्त साइनबोर्ड यसै चैत महिनाको १५ गतेभित्र सम्पूर्ण कार्यालयमा राखिने बलले जनाएको छ ।

यसै क्रममा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा सर्वसाधारणले सजिलै प्रवेश पाउने सोधपुछ कक्षमा चार फिट चौडाइ तथा करिब साढे दुई फिट उचाइको साइनबोर्ड राखेको छ ।

साइनबोर्डमा सशस्त्र प्रहरी बलको प्रवक्ता तथा सूचना अधिकारी शैलेन्द्र खनालको सम्पर्क नम्बरलगायत बलका सहायक प्रवक्ता तथा सहायक सूचना अधिकारीको सम्पर्क नम्बरसहितको विवरण उल्लेख छ ।

छिटोछरितो ढङ्गले आफ्ना सूचना प्रवाह गर्दै आएको सशस्त्र प्रहरी बलले आफ्नो सङ्गठनका बारेमा सर्वसाधारणले सहज ढङ्गले सूचना प्राप्त गर्न सकोस् भनी यो नयाँ व्यवस्था गरेको हो ।

सशस्त्र प्रहरी बलले महानगरीय सशस्त्र प्रहरी कार्यालयलगायत सशस्त्र प्रहरी बलको बाहिनी, प्रशिक्षण संस्था तथा गण, सीमा सुरक्षा कार्यालय, गुल्मलगायतका एपिएफ इकाइ सबै ठाउँमा सो कार्यालयमा आउने जोसुकैले पनि सजिलैसँग देख्न सक्नेगरी साइनबोर्ड राख्ने कार्य भइरहेको छ ।

सूचनामा सर्वसाधारणको पहुँचलाई विस्तार गर्ने र नागरिकले बलका बारेमा अझै सहज ढङ्गले सूचना प्राप्त गर्नसक्ने विश्वास सशस्त्र प्रहरी बलले लिएको छ ।

बलले यसअघि नै आफ्ना सम्पूर्ण स्थायी इकाइमा दोस्रो बरियताका अधिकृतलाई सूचना अधिकारी तोक्नुका साथै अन्य सम्पूर्ण साना इकाइमा कार्यालय प्रमुख स्वयम् नै सूचना अधिकारी रहने व्यवस्था गरिसकेको छ ।

लागुऔषधसहित दुई पक्राउ

काठमाडौँ, गौशालाबाट अवैध तथा नियन्त्रित लागुऔषधसहित दुई जनालाई प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले मङ्गलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका बत्तीसपुतली घर भएका ४६ वर्षीय सुरजविक्रम राणा र काठमाडौँ गुह्ेश्वरी बस्ने पर्सा वीरगन्ज घर भएका ३० वर्षीय सञ्जय दत्त रहेका छन् ।

उनीहरुका साथबाट नियन्त्रित लागुऔषध बुप्रेनोर्फिन ५८० एम्पुल, डाइजेपाम ५६४ एम्पुल, फेनारगन ५६४ एम्पुल प्रहरीले बरामद गरेको छ ।

उनीहरुका सम्बन्धमा लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।

ग्यास डिपोमा सिलबन्दी

काठमाडौँ नरदेवीस्थित बद्री मानन्धरको नेपाल ग्यास डिपोमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले आज सिलबन्दी गरेको छ ।

डिपोमा चैत १ गते ग्यास सिलिन्ड ल्याएकामा उपभोक्तालाई वितरण नगरेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले अनुगमन गर्ने क्रममा वितरण नगरिएका नेपाल ग्यासका २० थान र श्रीकृष्ण ग्यासका १२ थान सिलिन्डर फेला पारेपछि सिलबन्दी गरी सञ्चालकलाई आपूर्ति व्यवस्थापन विभागमा उपस्थितिका लागि पुर्जी दिएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending