Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

अब जमिन बाँझो राख्ने कृषकलाई कार्बाही हुने

\"field\"पर्वत । पछिल्लो समय जिल्लामा खेतीयोग्य जमिन बाँझै रहने क्रम बढ्दै गइरहेको छ । बढ्दो युवाशक्तिको पलायनले जनशक्ति अभाव, उत्पादनमा कमीलगायत कारणले खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै गएको छ । खेती गर्न फुर्सद नभएको र जनशक्ति नपाएको कारण देखाउँदै जमिन बाँझो राख्ने जिल्लाका ‘जमिनदार’ अब कारबाहीमा पर्ने भएका छन् । जिल्लालाई कृषिमा पूर्ण आत्मनिर्भर बनाउने उद्देश्यले उच्चस्तरीय बोर्डले आठौँ जिल्ला परिषद्मा जमिन बाँझो राख्नेलाई कारबाही गर्ने नीति ल्याएको छ । हाल जिल्लामा खाद्यान्न, दलहन, तेलहन, तरकारी आदि ठुलो आकारको आयातलाई प्रतिस्थापन गर्न ग्रामीण क्षेत्रमा रहेको बाँझो जमिनलाई सिँचाइ गर्ने र सिञ्चित भएको जमिन पनि बाँझो राख्ने जग्गा धनीलाई वार्षिक प्रतिरोपनी रु ५० का दरले जरिवाना तिर्नुपर्ने प्रावधान छ । हालै सम्पन्न जिल्लाको आठौं परिषद्ले बाँझो जमिन राख्नेलाई प्रतिरोपनी रु ५० का दरले जरिवाना गर्ने निर्णय सार्वजनिक गरेको छ । अब सबै जग्गावालले एक बाली लगाउने याममा बाँझो राखेबापत प्रतिरोपनी रु ५० नगरपालिका वा गाविसलाई जरिवाना तिर्नुपर्ने भएको छ । विलासिताका लागि बजारमा बस्ने र आफ्नो जमिन बाँझो राखेर आयातित खाद्यान्नमा भर पर्नेका लागि यो निर्णय गतिलो गाँठो भएको सरोकारवालाले बताएका छन् । सिँचाइको पर्याप्त सुविधा हुने क्षेत्रमा पनि कुल जमिनको एक तिहाइ क्षेत्र अझै पनि बाँझै रहेको तथ्याङ्क सार्वजनिक भएपछि सर्वदलीय भेलाले पारित गरी यो निर्णय गरिएको स्थानीय विकास अधिकारी युवराज पौडेलले बताए । ‘खाद्यान्न आयातमा कटौती गरी जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले यो नीति अवलम्बन गरिएको हो। एनले भने । जरिवाना लिने काम नगरपालिका र सम्बन्धित गाविसले गर्ने छन् ।” जग्गाधनीले कुनै पनि हालतमा खेती गर्न सक्ने अवस्था नभए नजिकको छिमेकी वा खेती गर्न इच्छुक जोकोही कृषकलाई पनि बाली लगाउन दिनुपर्ने कार्यविधिमा उल्लेख छ । सबै जमिनको उचित सदुपयोग र कृषकलाई आवश्यक सेवा सुविधा दिई जिल्लालाई समग्ररुपमा कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले रु १० करोडसमेत विनियोजन गरिएको छ । जिल्लामा बाह्रै महिना सिँचाइ हुने करिब नौ हजार हेक्टरमध्ये हिउँदमा करिब तीन हजार हेक्टर जमिन बाँझै रहेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । “हामीले पोहोर निकालेको तथ्याङ्कका आधारमा यो क्षेत्रफल आएको हो,” उहाँले भन्नुभयो, “यो वर्षमा कुन गाविसमा कति बाँझो छ भनेर अनुगमन हुँदैछ ।” जमिनको उचित सदुपयोग गर्दै व्यावसायिक खेती गर्ने किसानलाई प्रोत्साहनका कार्यक्रमसमेत ल्याइएको परिषद्मा जानकारी गराइएको थियो । जमिनको उत्पादकत्व बढाउन माटो परीक्षण, अनुदानमा कृषि चुन वितरण गरिने कार्यक्रम सार्वजनिक गरिएको छ । त्यस्तै युवा किसानको व्यावसायिकतामा सघाउन युवा स्वरोगार, औजार, प्राविधिक उपकरणलगायत अनुदानका कार्यक्रमलाई बढाइने स्थानीय विकास अधिकारी पौडेलको भनाइ छ । जमिन बाँझो नराख्ने अभियानअन्तर्गत सिँचाइको सुविधा नभएको जमिनको प्राविधिक परीक्षण गरी माटो सुहाउँदो खेतीका लागि स्थानीयस्तरमै प्रशिक्षणसहित सम्बन्धित बालीका लागि सहयोग गर्ने कार्यक्रम रहेको उनले बताए  । जिल्लामा गरिएको यो अभियान मुलुककै लागि नौलो प्रयोग भएको भन्दै सरोकारवालाले यसको स्वागत गरेका छन् । यो निर्णयले जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर हुन सहयोग पु¥याउने उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम लामिछाने बताउँछन् । “खेतीयोग्य जमिन भएर पनि बजारको भर पर्नेका लागि यो गतिलो झापड हो, उनले भने  । जिल्लामा साधन स्रोतको अपर्याप्तता, भूमिको बढ्दो खण्डीकरण, अपर्याप्त सिँचाइ, कृषि ऋणमा पहुँचको कमी, ग्रामीण इलाकामा कृषि श्रमिकको अभाव, उत्पादन लागतमा वृद्धि, कमजोर बजार सञ्जाल व्यवस्थापन, आदि कृषि क्षेत्रका आधारभूत समस्याका बाबजुद कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुन नसकेको बताइएको छ । यसअघि जिल्ला कृषि विकास कार्यालय र उद्योग वाणिज्य सङ्घले जग्गा बाँझो नराख्ने अभियानसमेत सुरु गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending