Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

साउदीमा बन्दी बनाइएकी नेपाली चेलीको उद्द्धार

\"rape5_051813054937\"साउदीअरब। सरकारले साउदी अरबसँग घरेलु (महिला) कामदार ल्याउने सम्बन्धी श्रम सम्झौताको तयारी गरिरहेकै बेला सात वर्षदेखि साउदीमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको उद्वार गरिएको छ । दलालको प्रलोभनमा परी दिल्लीको बाटो हुँदै घरेलु कामदारका रुपमा साउदी आइपुगेकी मोरङ, सुन्दरपुरकी ३० वर्षीय मनमाया गुरुङको जेद्धास्थित रहेको नेपाली महावाणिज्य दूतावासको पहलमा उद्वार गरिएको हो । जेद्धाबाट करिब ४०० किलोमिटरको दुरीमापर्ने ताइफस्थित साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेकी पीडित मनमायालाई उद्वार गरी मङ्गलबार नै स्वदेश पठाइएको दूतावासका कार्यबाहक महावाणिज्यदूत रेवतीरमण पौडेलले जानकारी दिए । एकसाता देखिको निरन्तर प्रयासपछि उनको उद्वार सम्भव भएको पौडेलले बताए । मनमायाको भाइमार्फत बन्दी बनाइएको जानकारी पाएपछि हामीले साउदी नागरिकको घरमा टेलिफोन गरेर बुझ्ने प्रयास गरयौ तर साउदी नागरिकले आफ्नो घरमा कोही पनि नेपाली महिला कामदार नभएको जिकिर ग¥यो । त्यसपछि प्रहरी प्रशासन ल्याउने र कारबाही गर्ने जस्ता दबाब दिन थालेपछि साउदी नागरिकले मनमाया आफ्नो घरमा भएको स्वीकार गरेको पौडेलले उल्लेख गरे । हामीले मनमायालाई सो घरबाट भगाउने होकी भनेर सोच बनाएका थिर्यौ, तर पटक÷पटकको दबाबपछि साउदी नागरिकले सोमबार दूतावासको कार्यालयमै मनमायालाई लिएर आयो । उसले १० वर्षको भिसा लगाएर ल्याएको भन्दै अझै तीन वर्ष स्वदेश जान नदिने जिकिर गरेको थियो, पौडेलले भने । दूतावास आइपूगेकी मनमायाको स्वास्थ्यस्थिति निकै कमजोर थियो । वर्षौदेखिको बन्दी जीवनले उनी नेपाली भाषा समेत राम्रोसँग बोल्न नसक्ने अवस्थामा पुगेकी छिन् । उनका अनुसार पीडित मनमायाले तीन वर्षदेखि काम गरेको तलबसमेत पाउन सकेकी थिइनन् । दूतावासको आग्रहलाई स्वीकार गरी साउदी नागरिकले मनमायालाई स्वदेश फर्काउन सहमत भएको र उनलाई दिनुपर्ने बाँकी तलब १३ हजार साउदी रियल समेत भूक्तानी गरेको पौडेलले जानकारी दिए । पौडेलका अनुसार दूतावास आइपूगेकी मनमायाले आत्महत्या गर्ने भन्दै तरल पर्दाथसहितको सिसी लिएर आएकी थिइन् । उनलाई धेरै चिन्तित नहुन र गलत काम नगर्न दूतावासका कर्मचारीले सम्झाइबुझाई गरेका थिए । उद्वार गरिएकी मनमायालाई आवश्यक यात्रा अनुमतिपत्र बनाई मङ्गलबार नै कतार ऐयरवेयज मार्फत् स्वदेश पठाइएको हो । पीडित मनमायाको स्वदेश फिर्तीका लागि साउदी नागरिकले हवाई टिकटको समेत व्यवस्था गरेको दूतावासले जनाएको छ । सात वर्षअघि विदेसिएकी मनमायाको चार वर्षदेखि घरपरिवारसँग सम्पर्क हुनसकेको थिएन । साउदीमै रहेका उनका भाइ पूर्णबहादुर गुरुङले दुई साताअघि मात्र दूतावासलाई आफ्नी दिदीको खोजी गरी उद्वार गरिदिन आग्रह गरेका थिए । वर्षौपछि दिदीलाई भेट्न पाउदा र दिदीको सकुशल उद्वार गरी स्वदेश पठाउन पाउँदा निकै खुसी लागेको गुरुङले प्रतिक्रिया दिए। सात वर्षको बन्दी जीवनले दिदीको मानसिक सन्तुलनमा समेत असर पुगेको उनले बताए । स्वदेश फर्कने आशासमेत मारेकी मनमाया अन्ततः स्वदेश फर्कन सफल भएकी छिन् । उनको परिवारमा श्रीमान्, एक छोरा र एक छोरी छन् । सरकारले साउदी अरबसँग घरेलु ९महिला० कामदार सम्बन्धी श्रम सम्झौता प्रक्रिया अगाडि बढाइरहेको भए पनि पछिल्लो समय भने महिला कामदार असुरक्षित रहेको यस्ता घटना सार्वजनिक भइरहेका छन् । रोजगारीका लागि यहाँ आउने अधिकांश घरेलु महिला कामदार शारिरीक, मानसिक तथा यौन हिंसालगायतका घटनाबाट पीडित बन्ने गरेका छन् । महिला कामदारको सुरक्षाको पूर्णरुपमा प्रत्याभूति नभएसम्म घरेलु कामदार सम्बन्धी श्रम सम्झौता गरिए थप समस्या निम्तिने देखिन्छ । साउदी अरबमा घरेलु महिला कामदारमाथि शारिरीक, मानसिक तथा यौन हिंसा चर्को भएपछि सरकारले हाल साउदी आउन घरेलु महिला कामदारलाई प्रतिबन्ध लगाएको जनाए पनि मानव तस्कर मार्फत् गैरकानुनी बाटो हुँदै साउदी आउने क्रम भने रोकिएको छैन । आप्रवासी महिला कामदारलाई असुरक्षित र अमर्यादित काममा लगाइनु, तलब सेवा सुविधाबाट वञ्चित गरिनु, घरपरिवारसँग सम्र्पक गर्न नदिनु तथा बन्दी बनाइनुलगायतका समस्याका कारण अन्य देशले समेत साउदीमा महिला कामदार पठाउन बन्देज लगाएको बताइएको छ । अर्कैको राहदानी बोकेर साउदी पुगिन मनमाया उद्वार गरिएकी चेली मनमाया भए पनि उनी अर्कैको राहदानी मार्फत साउदी अरब आएको रहस्य खुलेको छ उनी आफ्नो नामको राहदानीबाट नभई सुमित्रा चौधरीको नाममा जारी भएको राहदानीमार्फत साउदी आएको बुझिएको छ । नाम अर्कैको उल्लेख भएको राहदानी भए पनि फोटो भने मनमाया कै टाँसिएको दूतावाले जनाएको छ । राहदानीको दुरुपयोग गरी मावन तस्करले दिल्लीको बाटो हुँदै गैरकानुनी ढङ्गबाट सहजै रुपमा मनमायालाई साउदी पु¥याएको देखिन्छ । उक्त राहदानी सुनसरीबाट जारी गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending