Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

देउवा र पौडेलका उठेका हात : दोस्ती की दौतरीका ?

\"Deuva-Paudel\"काठमाडौं । महाधिवशेनमा प्रतिस्पर्धा गर्नु अघि रामचन्द्र पौडेलले निष्ठा, पारदर्शिता, इमान्दारिता र निरन्तरता जस्ता मुद्दा आफ्नो  सवल पक्ष भएको भन्दै आफ्नो प्रचार तीव्र पारेका थिए । महाधिवेशनका लागि तयारी भाषणा गर्दा पनि प्रतिस्पर्धी देउवातिर संकेत गर्दै पौडेलले भनेका थिए, ‘अब कांग्रेसमा धोकाधडी चल्दैन । प्रजातन्त्रमा सम्झौता हुँदैन । विकृति र विसंगती चल्दैन ।’ पौडेलेका यो भनाई देउवाले पार्टी फुटाए, प्रजातन्त्र दरबारमा बुझाए भन्नेमा लक्षित थियो । तर, उनै देउवाले पहिलोपटक नसके पनि दोस्रो पटकमको चुनावमा पौडेललाई हराइदिए । नतिजापछि पौडेलमात्र हारेनन् उनले नेतृत्व गरेको कोइराला विरासत पनि हार्न पुग्यो । सभापतिको नतिजा लगत्तै धेरैले अब पौडेल देउवाको हरेक काम र कदममा अवरोध पुर्याउने गरी अघि बढ्छन् भन्ने अनुमान छ । तर, पौडेलले आफू सबैलाई मिलाउने नेता भएको छनक दिंदै सभापतिमा निर्वाचित देउवासहित पदाधिकारी र अधिकांश निर्वाचित केन्द्रीइ सदस्यहरुलाई आफ्नो निवास बोहोराटारमा बोलाएर बधाईमात्र दिएनन्, मिलेर पार्टी चलाउनुको विकल्प नभएको सन्देश पनि दिए । देउवाल ५७ र पौडेल पक्षले ४३ प्रतिशत हिस्सा पार्टीको केन्द्रीय समितिमा  ओगटेका छन् । तर, थोरै तलमाथि भए देउवा संकटमा पर्न सक्छन् त्यसैले पौडेलसँग मिलेर उनको संगठन र सक्रियको साथ लिएर देउवालाई अघि बढ्नुपर्ने चुनौति छ । धेरैले अनुमान गरेका थिए । सभापतिमा हारेपछि यी दुईबीच दोस्ती होइन दुष्मनी बढ्छ । त, पौडेलले सुरुमै आफ्नै निवासमा देउवालाई बोलाएर बधाई दिए । हात मिलाएर फोटो खिचाए, हात उठाएर फोटो खिचाए । आखिर यो दोस्तीका लागि थियो, की दुष्मनीका लागि थियो भन्ने तत्काल भन्न सकिने विषय पनि रहेन । किनकी केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यहरु पनि मनोनित गर्नेदेखि भ्रातृ संस्थाको अधिवेशन, विभाग गठन र जिम्मेवारी, केन्द्रीय कार्यसम्पादन समिति  गठन जस्ता संगठनको आधारभूत काम अघि बढेकै छैन । यी सबै काम अघि बढ्दा पौडलले सहयोग गर्छन् की पहिले देउवाले जस्तै अप्ठ्यारो पार्छन् भन्ने दृष्टिबाट यिनीहरुको अहिले उठेको हात र दोस्ती वा दुष्मनीको के हो थाहा हुन्छ । भावी प्रधानमन्त्रीमा अघि बढ्ने नेताको टुंगोको लागि संसदीय दलको चुनाव यसको कार्यसमिति अर्को प्रमुख पक्ष हो । देउवा सभापति पनि हुने र प्रधानमन्त्री हुनका लागि संसदीय दलको नेता पनि आफैं हुन खोजे पक्कै पनि पौडेलले सहने छैनन् । प्रत्येक कदममा उनले साथ र सहयोग होइन, असहयोग र असन्तुष्टी व्यक्त गर्न सक्छन् । अब देउवाका हरेक कदमले पौडेललाई नजिक्याउने वा भड्काउने के गर्छन् हेर्न बाकी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending