Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सरुभक्तलाई बागलुङमा अभिनन्दन गरिने

बागलुङ०,  रत्न श्रेष्ठ पुरस्कार गुठीले साहित्यकार सरुभक्तलाई अभिनन्दन गर्ने भएको छ ।

सरुभक्तले नेपाली साहित्यमा पु¥याएको योगदानको कदरस्वरुप उहाँलाई अभिनन्दन गर्न लागिएको हो । हरेक दुई वर्षमा प्रदान गरिने रत्न श्रेष्ठ राष्ट्रिय सम्मानबाट सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् साहित्यकार सरुभक्तलाई अभिनन्दन गर्ने निर्णय गरेको गुठीका महासचिव महेशचन्द्र प्रधानले बताए ।

गुठीले पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लाका कृतिमध्ये उत्कृष्ट दुई कृति छनोट गरेर सम्मान तथा पुरस्कारसमेत दिनेभएको छ । यस वर्षको उत्कृष्ट पुरस्कारका लागि गद्य विधामा जिल्लाकै बलेवाका कवि तथा निबन्धकार भूपिन व्याकुल र पद्य विधाका लागि पर्वतका लक्ष्मीकान्त शर्मा ‘लकास’ लाई छनोट गरिएको छ ।

व्याकुलको ‘२४ रिल’ नामक निबन्ध सङ्ग्रह र लकासको ‘सौर्यगाथा’ नामक महाकाव्य छनोट भएको पुरस्कारका संस्थापक प्राज्ञ प्रेम छोटाले जानकारी दिए ।

मोफसलको साहित्यको श्रीवृद्धिका लागि धौलागिरिका साहित्यकार छोटाले आफ्नी स्वर्गीय आमा रत्नकुमारी श्रेष्ठकोे स्मृतिमा पुरस्कार कोषको स्थापना गरेका हुन् । कोषबाट २०३४ साल यता हरेक दुई वर्षको अन्तरमा साहित्यकार सम्मान गरिँदै आइएको छ । पुरस्कारको राशि जनही रु २५÷२५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ ।

यसअघि रत्न श्रेष्ठ पश्चिमाञ्चल पुरस्कारबाट २७ जना सम्मानित र रत्न श्रेष्ठ राष्ट्रिय सम्मानबाट आठ जना अभिनन्दित भइसकेका छन् भने छ जनालाई कदरपत्र प्रदान गरिसकिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending