Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

डेढ लाख बराबरका शैक्षिक तथा खेलकुद सामाग्री वितरण

पर्वत । पाँचौ स्थापना दिवसको अवसरमा रोट्रयाक्ट क्लव अफ पर्वतले डेढ लाख बराबरको शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्दै आईरहेको क्लवले सप्ताहको तेश्रो दिन बृहत कार्यक्रमको आयोजना गरि खौलालाकुरी गाविसका एक माध्यमिक विद्यालय सहित पाँच वटा प्राथमिक विद्यालयलाई सामाग्री वितरण गरेको हो । कार्यक्रममा क्षेत्र नं. २ पर्वतका सांसद् विकास लम्साल, लम्सालकी धर्मपत्नी मञ्जु शर्मा, रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्री, क्लवका अध्यक्ष सन्तोषराज पौडेलले संयुक्त रुपमा सामाग्री हस्तान्तरण गरेका थिए । क्लवले खौलालाकुरी माध्यमिक विद्यालयका २१ जना विद्यार्थीहरु र सोही गाविसका अन्य पाँच प्राथमिक विद्यालयका ४१ जना विद्यार्थीहरुलाई झोला, ड्रेस, कपी र स्विटर वितरण गरेको हो । शैक्षिक सामाग्रीका साथै क्लवले माध्यमिक विद्यालयका ९० जना विद्यार्थीलाई सरसफाईका सामान प्रदान गरेको हो । कार्यक्रममा नै क्लवले आर्थिक अवस्था कमजोर भएका आगलागी पिडित झलक परियारलाई एक थान सिलाई कटाई मेसिन समेत वितरण गरेको छ । क्लवले खौलालाकुरी गाविसको कोट लाई सरसफाई व्यवस्थापनको लागि एक थान डस्बिन पनि सोही कार्यक्रममा वितरण गरेको हो । सामाग्री वितरण पश्चात कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद लम्सालले हरेक समय सामाजिक काममा मात्रै सक्रिय हुने क्लवले गरेको यो कार्यक्रम जिल्लाका अरु संघसंस्थाको तुलनामा अति सह्राहनिय भएको बताए । शिक्षा र अन्य विकास तथा समाज रुपान्तरणमा रोट्रयाक्टले खेलेको भूमिका साँच्चिकै प्रशंशनिय भएको उनले बताए । रोट्रयाक्टको गतिविधिले रोटरीलाई समेत सक्रिय बनाउँदै लगेको भन्दै शैक्षिक विकासमा क्लवले पु¥याएको योगदान अरुको भन्दा उच्च रहेको रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्रीले बताए । क्लवका अध्यक्ष सन्तोषराज पौडेलले आफूहरुले कुनै परियोजना तथा कतैबाट बजेट ल्याएर नभई खाजा खर्च कटाएर तथा कुनै सहयोगी हातहरुबाट प्राप्त सहयोग जस्ताको तस्तै समुदायमा हस्तान्तरण गरिएको हुनाले यसबारे कसैले भ्रम पालेर नबस्न आग्रह गरे । कार्यक्रमका अवसरमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षा तथा सामाजिक क्षेत्रका व्यक्तिहरुले रोट¥याक्टले गरेको कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रममा रोट्रयाक्ट क्लवका पुर्व अध्यक्ष अच्यूत तिवारी, संस्थापक अध्यक्ष मोहन आचार्य लगायतले बोलेका थिए । कार्यक्रम सदस्य अमृतप्रसाद पोख्रेलको संयोजकत्व र सचिव रामचन्द्र पौडेल (आरसी) को सञ्चालनमा सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending