Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सरकार परिवर्तन भए नौलो विषय हाेइन : उपप्रधानमन्त्री के.सी.

\"DSC_0549-750\"काठमाडौ । उपप्रधान, सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर के.सीले वर्तमान सरकार परिवर्तन भए कुनै नौलो बिषय नहुने बताएका छन् । रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले नेपालका हरेक सरकारको निर्माणमा छिमेकीको प्रभाब रहने भएता पनि वर्तमान सरकार उसको इच्छा बिपरित भएकाले सकेसम्म सरकार परिवर्तनमा लागेको बताए । उनले छिमेकीकै इच्छा अनुसार नेपालमा सरकार निर्माण हुने परम्पराको अन्त्य भएता पनि काँग्रेसले आफ्नो महाधिबेशनमा नाकाबन्दीका बारेमा कुनै उल्लेख नगर्नुले समेत सरकार परिवर्तनको सम्भावना रहेको बताउँदैे २००७ साल यता झन्डै १३ सय नेपालीका सन्तान मन्त्री भइसकेको उल्लेख गरेका छन् । उनले आफु बिगत देखिनै संघियताको बिपक्षमा रहेको भन्दै वर्तमान सरकारमा आफूले मन्त्री पदसँग संघियता नसाँटेको बताए । उनले संघियता नेपालीको चाहना नभएर बिदेशीले लादिदिएको बिषय भएकाले नेपालीले संघियता कसरी नेपालमा आयो र कसले नेपालमा संघियताको बिषयलाई प्रयोगको थलो बनाइ रहेको बारे स्पष्ट भइसकेको दाबी गरे । सिमांकनकै नाम लिएर जसरी आन्दोलन भयो त्यो भारतको बटमलाइन भएको भन्दै आठ जिल्लालाई छुटइसकेको र १२ जिल्लालाई समेत छुटाउन लागेको केसीको दाबी छ । भारतकै इशारामा मधेश आन्दोलन भएको दाबी गर्दै केसीले नेपाललाई सके सिक्किम नसके भुटान बनाउन लागि परेको भारतले अन्तत नेपाललाई भारतमा गाब्ने योजना बुनेको आरोप लगाए । सिमांकनमा हेरफेर गर्न साथ नाकाबन्दी मधेशी दलहरुले फुकुवा गर्न अगावै भारतले खोल्नुले पनि मधेश आन्दोलन कसले गरेको हो भन्ने स्पष्ट भएको टिप्पणी गरे । उनले छिमेकीकै इशारामा १७ दिनमै संबिधान संशोधन गर्नुले पनि नेपाल पूर्ण स्वतन्त्र नरहेको बताउदै भुगोल र जनसंख्याको आधारमा सिमांकन गरिने संबिधानमा उल्लेख गरिएता पनि जनसंख्याको आधारमा सिंमाकन गरेर देश टुक्राउने काम गरिएको जिकिर गरे । सहकारी नीति निर्माणमा दलालहरुको हालीमुहाली बढेको र आफू त्यसको बाधक बनेको भन्नेहरुले सहकारीलाई कमाइ खानेहरुका लागि नीति निर्माण गर्न दबाब आएता पनि आफू त्यसको बिपक्षमा रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपालले अन्य मूलकसँगको पारवहान सन्धिका लागि समेत बाटो खुल्नुका साथै भारतसँगको परनिर्भरताको अन्त्य हुने भन्दै उनले भारतसँग समेत सम्बन्ध सुधार गर्दे अगाडि बढ्नु पर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending