Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

काठमाडौँमा २५ नक्कली भूकम्पपीडितद्वारा रकम फिर्ता

काठमाडौं। काठमाडौँ जिल्लामा २५ नक्कली भूकम्पपीडितले आफूहरुले लिएको राहत रकम फिर्ता गरेका छन् । काठमाडौँका प्रजिअ रामकृष्ण अधिकारीका अनुसार कीर्तिपुर, नागार्जुन, तारकेश्वर र गोकर्णेश्वर नगरपालिकाका २५ जनाले लिएका तीन लाख रुपैयाँ फिर्ता गरेका छन् । भूकम्पपीडितको परिचयपत्र बनाएर तत्काल राहतका रुपमा बाँडिएको १५ हजार र न्यानो कपडाबापत १० हजार गरी प्रतिपरिवार २५ हजार उनीहरुले लिएका थिए । प्रजिअ सुवेदीले असम्बन्धित व्यक्तिले भूकम्पपीडितको परिचयपत्र र राहत प्राप्त गरेको उजुरीको छानबिनका लागि समिति गठन भइरहेको र अन्य त्यस्ता व्यक्तिले पनि राहत रकम बुझेकाबारे छानबिन भइरहेको बताए । उहाँका अनुसार राहत रकम लिनेको नामावलीसहितको विवरण कार्यालयको वेबसाइटमा राख्ने काम सुरु भएको छ । सम्बन्धित वडामा समेत नामावली टाँस्ने कार्य भइरहेकाले कुनै असम्बन्धित व्यक्तिले रकम लिएको भेटिए उजुरी गर्नसमेत सर्वसाधारणलाई उनले आग्रह गरे । काठमाडौँमा तत्काल राहतका रुपमा प्रतिपरिवार १५ हजारका दरले ४१ हजार ९८३ परिवारलाई र १० हजारका दरले ६२ करोड ९७ लाख ४५ हजार तथा न्यानो कपडा खरिदका लागि ३७ हजार २१ परिवारलाई १० हजारको दरले ३७ करोड दुई लाख १० हजार वितरण गरिएको छ । तीन महिनाको कामको विवरण सार्वजनिक काठमाडौँमा प्रजिअका रुपमा आफूले गत पुस १ गतेदेखि कार्यभार सम्हाले यता अहिलेसम्म तीन महिनाको अवधिमा गरेका काम कारबाहीको विवरण आज कार्यालयमा सार्वजनिक गर्दै सुवेदीले आफू जति दिन बसे पनि काम गरेर जानुपर्छ भन्ने भावनाका साथ काम गरिरहेको बताए । यो तीन महिनाको अवधिमा काठमाडौँमा शान्तिसुरक्षा कायम गर्न आवश्यक कार्य गर्नुका साथै यहाँ सञ्चालिन ‘फुटसल’हरुको व्यवस्थापन गर्न सुरु गरिएको, दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पहल गरिएको तथा बढी मूल्य लिनेमाथि कारबाही गरिएको उनले बताए । तीन महिनाको अवधिमा कालोबजारीको आरोप लागेका ६७ व्यक्तिमाथि ५१ मुद्दा र सार्वजनिक अपराधसम्बन्धी ५८३ मुद्दा दर्ता गरिएको उनले जानकारी दिए । सार्वजनिक स्थानमा चुरोट तथा सुर्तीजन्य वस्तुको सेवनमा कारबाही अगाडि बढाइएको र अहिलेसम्म तीन हजार २२६ जनाबाट एक सयका दरले जरिवाना गरी तीन लाख २२ हजार ६०० राजस्व खातामा जम्मा गरिएको छ । यो अवधिमा १३ कार्यालयमा विभिन्न मितिमा हाजिरी, पोसाक लगायतका छड्के गरी ११० जनामाथि कारबाही भयो । बजार अनुगमन नियमित गर्न छवटा विशेष समूह गठन गरी कालोबजारी र अनुचित कार्य गर्नेमाथि पनि जिप्रकाले कारबाही अगाडि बढाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending