Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

चीन भ्रमणका बेला प्रधानमन्त्रीलार्इ यस्ता सुझाव

\"Nepal-and-Chaina-flag\"काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न राजनीतिक दलका नेताले चीन भ्रमणका क्रममा राष्ट्रहित र छिमेकीको चासो बुझेर सम्झौता गर्नुपर्ने सुझाव दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले देशभित्र लगानी भित्र्याउने र सामान ल्याउन लैजान बिनाभन्सार सहुलियतको व्यवस्था भ्रमणमा प्रधानमन्त्रीले गर्नुपर्ने बताए ।

पूर्वऊर्जामन्त्री तथा परराष्ट्रराज्यमन्त्री डा महतले नेपालको स्थिरता कायम नगरेसम्म छिमेकबाट फाइदा लिन नसक्ने भएकाले प्रधानमन्त्रीले भ्रमणका क्रममा नेपालमा संविधान निर्माण भएर स्थायित्व कायम भएको विषयमा आश्वस्त पानुपर्नेमा जोड दिए ।

एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनले छिमेकीसँगको सन्तुलित सम्बन्ध राष्ट्रिय हितमा हुने बताउँदै राष्ट्रहितलाई ध्यानमा राखेर प्रधानमन्त्रीले चीन भ्रमणमा सन्धिसम्झौता गर्नुपर्ने बताए ।

पूर्वअर्थमन्त्री पुनले संविधान कार्यान्वयनमा छिमेकीको सद्भाव प्राप्त गर्ने, पुनःनिर्माणमा सहयोग जुटाउने र आर्थिक विकासका लागि चिनियाँ लगानी भित्र्याउने काम गरे प्रधानमन्त्रीको भ्रमण सफल हुने धारणा राखे ।

नेकपा एमालेका नेता डा राजन भट्टराईले चीनबाट समेत भूपरिवेष्ठित नेपालले पारवहन अधिकार पाउने विषय र चीनबाट इन्धन ल्याएर एकतर्फी निर्भरता हटाउन इन्धन आपूर्ति सम्झौता गर्नुपर्ने बताए ।

परराष्ट्रविद् डा भट्टराईले जलस्रोतको विकास र बजार खोज्ने, भारततर्फको व्यापार निर्भरता घटाउन राष्ट्रहितका लागि व्यापार विविधीकरण गर्ने, चक्रपथ विस्तार, उत्तरदक्षिण राजमार्ग निर्माण, इन्धन भण्डारण, कृषिको आधुनिकीकरण र पर्यटन विकासको विषयमा छलफल हुने बताए। उनले भने– “छिमेकीको चासो सम्बोधन गर्नुपर्छ र सम्बन्धलाई थप उचाइमा पु¥याउने गरी भ्रमणलाई भरपुर उपयोग गर्नुपर्छ ।”

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्रीको चीन भ्रमणले सहज रहेको दुई देशबीचको सम्बन्धलाई अझै सहज बनाउने विश्वास व्यक्त गर्दै नेपाल र चीनको सम्बन्धको कुरा गर्दा त्यसमा भारतको आँखाले हेर्न नहुने तर्क गरे । उनले भने – “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा चीनको लगानी ल्याउने अनि नेपालमा ल्याउन हुँदैन भन्नु हुँदैन ।”

प्रधानमन्त्री ओलीले यही चैत ७ गतेदेखि चीनको छदिने औपचारिक भ्रमण गर्दै छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending