Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

ल्यारक्यालको गोली इन्भेष्टमेन्टको लकरमा कसरी पुर्याइयो, बैंकमाथि समेत प्रश्न

\"nibl9\"काठमाडौं । एमाओवादीका सभाषद तथा विवाददित भिक्षु ल्यारक्याल लामाको इन्भेष्टमेन्ट बैंक रहेको ४१४ नम्बरको लकरमा १४ थान गोली भेटिएपछि इन्भेष्टमेन्ट बैंकमाथि समेत प्रश्न उठेको छ । लामाले इन्भेष्टमेन्ट बैंकबाट आफ्नो नाममा लिएको लकरभित्र चाइनिज पेस्तोलमा लाग्ने गोली कसरी लकरसम्म पुर्याए भन्ने प्रश्न आममा उठ्न थालेको छ । विवादीत आर्थीक काण्डहरुमा पटकपटक मूछिदैं आएको इन्भेष्टमेन्ट बैंकको समेत कतै संलग्नता त छैन भन्ने प्रश्न उठ्नु स्वाभाविक पनि हो । लकरलाई व्यक्तिले नीजि प्रयोग गर्न पाउने कानुनी अधिकार भएपनि अवैध सामान राख्न पाउने व्यवस्था हुने कुरै भएन । उसो त बैंकहरुले लकरका बारेमा सबैभन्दा सुरक्षित र आगोले समेत नेक्सान गर्न नसक्ने भनेर भन्ने गरेका छन् । बैंकले लकर राखेको स्थानमा सुरक्षाको राम्रो प्रबन्धका साथै अबैध सामान चेकजाँच गर्ने मेटल डिटेक्टर सहितको व्यवस्था हुन्छ । लकर रहेको स्थानमा सुरक्षागार्डले लकरवालाहरु प्रवेश गर्दा डिटेक्टरले जाच्ने व्यवस्था गरिएको हुन्छ । लामाले गोली बोकेर जाँदा समेत चेकजाँच नगरिएको हो बैंक म्यानेजमेन्टका उच्च अधिकारीहरुको संलग्नता हो भन्ने कुरा नखुलेपनि बैंकको लापरवाही भने छर्लङै भएको छ । यसअघि विवादास्पद व्यापारी अजय सुमार्गीको नाममा विदेशबाट आएको पैसा समेत इन्भेष्टमेन्ट बैंकबाट नै आएको थियो । राष्ट्रबैंकले नियमित चेकजाँच गर्ने क्रममा सुमार्गीको इन्भेष्टमेन्ट बैंकमा रहेको खातामा ठुलो रकम देखिएपछि बैंकलाई रोक्का गर्न भनेको थियो । बैंक आफैले कसैको नाममा अस्वभाविक रकम जम्मा भएको देखिएमा राष्ट्र बैंकलाई खबर गर्नुपर्ने नियमलाई बैंकले मानेको थिएन । ३ वर्षअघि इन्भेष्टमेन्ट बैंकबाटै नेपाली ३ अर्व हाराहारीमा डलर अपचलनको घटना घट्यो । सिन्धुपाल्चोकका व्यापारी नारायण पौडेलले चीनबाट सामान ल्याउने नाममा एलसि खोली उक्त डलर अपचलन गरेका थिए । नेपालको एक प्रतिष्ठीत बैंकबाट पटकपटक अवैध काम भईरहँदा समेत राज्यको सम्बन्धित निकायले बैंकमाथि अनुसन्धान गरेको छैन । यसबारे हामीले बैंककासँग कुरा गर्न खोज्दा कोही आधिकारिक व्यक्ति सम्पर्कमा आउन चाहेनन् । बैंकको लकर शाखाबाट फोन उठाएर एक महिला कर्मचारीले भद्रगोल कुरा गरिन् । नाम बताउन नमानेकी उनले आफ्ना हाकिमसँग कुरा गर्नु भनिन् तर उनले दिएको नम्बरमा फोन गर्दा फोन उठेन । लामाको गोली प्रकरणमा बैंक व्यवस्थापनको समेत हात रहेको हुनसक्ने अनुमान सहजै गर्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending