Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

कांग्रेसमा खुमबहादुरले जित्दा क–कसले हारे ?

\"RamchandraPaudel-Gagan काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का कांग्रेसका सबैभन्दा लोकप्रिय ब्यक्ति बन्न पुगेका छन् । भ्रष्टाचारी ठहर भई एक वर्ष जेल सजायँ भागेर आएका खड्का नेपालको कानूनमा सार्वजनिक पदधारण गर्न अयोग्य ब्यक्ति हुन् । तर खुमबहादुर कांग्रेस महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा धेरै मत ल्याउनेमा दोस्रो नेता बन्न पुगे । नेपाली कांग्रेसका खम्बा मानिने खुमबहादुर, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशीहरु भ्रष्टाचारी ठहर भइ कारबाही भोगेका ब्यक्ति हुन् । ती मध्ये खुमबहादुरले भने कांग्रेसको १३ औं महाधिवेशनबाट लोकप्रिय मत पाए । भ्रष्टाचारको सजायँ पाएका मात्र होइन, खड्का कांग्रेसमै अलग विचार बोक्छन् । पार्टीले गरेको धर्मनिरपेक्षताको विरोधमा उनले क्याम्पियन नै चलाएका छन् । सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानका संयोजक भइ हिन्दुबादीहरुसँग कांग्रेसविरुद्ध नै सडकमा उत्रिएका खुमबहादुरले सबै लोकप्रिय मत पाउँदा कांग्रेसका दिग्गज भनिनेहरु भने पराजित भएका छन् । खुमबहादुरले जित्दा रामचन्द्र पौडेल, युवा नेता गगन थापा, कृष्ण सिटौला सिटौला, अर्जुननरसिं केसी मात्र होइन, केन्द्रीय सदस्यमा लडेका अन्य दिग्गजहरु पनि पराजित भएका छन् । खुला केन्द्रीय सदस्यमा लडेका कांग्रेस नेता मनमोहन भट्टराई, तारानाथ रानाभाट, शोभाकर पराजुली, तारानाथ दाहाल, लक्ष्मणप्रसाद घिमिरे पराजित हुन पुगेका छन् । यस्तै, गोबिन्दराज जोशी, चिरञ्जिवी वाग्ले, पदमनारायण चौधरी, उदयशम्शेर राणा, जिपछिरिङ लाम, डिना–महालक्ष्मी उपाध्याय पनि केन्द्रीय सदस्यबाटै पराजित भए । यसैगरी, अशोक कोइराला, प्रा.डा. गोविन्दराज पोखरेल, रामहरी खतिवडा, रामकृष्ण ताम्राकार, ध्रुव वाग्ले, लक्ष्मणबहादुर बस्नेत, पुस्करनाथ ओझा, सूर्यमान गुरुङ, मोहन ज्ञवाली, महेन्द्रकुमार शर्मा, पूर्णकुमार शेर्मा लिम्वू पनि पराजित हुन पुगे । यस्तै, हस्तबहादुर मल्ल, पुष्पराज पराजुली, मित्र सेन दहाल, धावा गुरुङ्ग (दावा), टेकराज पौडेल, किरणराज पौडेल, बिनयध्वज चन्द, गोविन्दबहादुर शाह, हरिबोल भण्डारी, राजेन्द्र वजगाई, त्रैलोक्यप्रताप सेन, बालकृष्ण दाहाल, राजन केसी, चन्द्रबहादुर केसी, सुशील नाहटा, डा. भगवानप्रसाद यादव पनि पराजित भए । कांग्रेसको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका तारानाथ दाहाल, हुर्मतकुमार न्यौपाने, डा. सुरेशचन्द्र चालिसे, सीताराम भण्डारी, प्रेमबहादुर खड्का, चिरिञ्जीबीनिधि तिवारी, प्रदीपराज शर्मा, मोहम्मद निजामुद्दिन, राजेश आचार्य, हाजिम अब्दुल मियाँ, तिलकप्रसाद सापकोटा, गजेन्द्र कार्की, कमलेशकुमार शर्मा, उत्तरबहादुर ऐर, उमेशकुमार मिश्र, रउफ अहमद खाँ, महेश थपलिया लगायतलाई ५ सय मत ल्याउन पनि धौ धौ पर्यो । यस्तै, साधुराम खड्का, प्रकाशकुमार उपाध्याय, घनश्याम रेग्मी, प्रविन बन, सुनिल नरसिंह राणा, बलबहादुर खवास, युवराज शर्मा, केशवराज आचार्य, हरीबहादुर खड्का, प्रशान्तमान सिंह मास्के, बर्षा रामभण्डारीले लज्जाजनक हार ब्यहोरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending